नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा सुवेदी निर्वाचित

  • ३० फाल्गुन २०७३, सोमबार
  • 3524 पटक पढिएको

Basic RGB

म्याग्दी, ३० फागुन । नेपाल शिक्षक संघ म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट दुर्गाराम सुवेदी अध्यक्षमा निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि आईतवार भएको निर्वाचनबाट १३८ मत ल्याएर सुवेदी  अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी दिपक श्रेष्ठले १ सय ३० मत प्राप्त गर्नुभएको छ ।

श्रेष्ठलाई सुवेदीले जम्मा ८ मतले पछाडी पार्दै बिजयी हुनुभएको निर्वाचन अधिकृत रेखाकौशल रेग्मीले जानकारी दिनुभयो ।  त्यसैगरी ६ जनाप्रतिष्पर्धी रहेको सचिव पदमा ७३ मत प्राप्त गरी गजेन्द्र श्रेष्ठ ,अर्थ सचिव पदमा १२३ मत प्राप्त गरी खेमराज शर्मा विजीय हुनुभएको छ । त्यस्तै सहसचिवमा १२२ मत प्राप्त गरी रामचन्द्र पौडेल, तीन पदकालागि भएको संघीय महाधिवेशन प्रतिनिधिमा २०७ मत प्राप्त गरि निवर्तमान अध्यक्ष केशवप्रसाद रेग्मी, १५९ मत प्राप्त गरि कल्याण सुवेदी  र १४५ मत प्राप्त गरि गिरीप्रसाद छन्त्याल  निर्वाचित हुनुभएको छ ।

xz
संघिय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित रेग्मीले सबैले भन्दो लोकप्रिय २०७ मत प्राप्त गर्नुभएको छ । खुला उपाध्यक्षमा नगेन्द्रवहादुर केसी र महिला उपाध्यक्षमा जमुनाकुमारी रोका सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । सहसचिव महिलातर्फ भीमकुमारी सुवेदी, अर्थ सहसचिवमा पदमवहादुर केसी, संघीय महाधिवेशन प्रतिनिधि महिलातर्फ सरस्वती शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै प्रदेश अधिवेशनतर्फ बोधहरी सुवेदी, विजय सुवेदी, बद्रीप्रसाद शर्मा, शोभा हमाल मल्ल र शान्ता सुवेदी, समावेशीतर्फको सहसचिबमा राधिका खत्री र पशुपति विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यतर्फ तारादेवी श्रीष, भगवती शर्मा, सावित्री बरुवाल, पुष्कर शर्मा, हेमवहादुर जिसी, चन्द्रमान छन्त्याल र नविन भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनको शनिवरा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालले उद्घाटन गर्नुभएको थियो ।