रङको पर्व होलीमा यस्तो देखियो बेनी बजार (फोटो फिचर)

  • २९ फाल्गुन २०७३, आईतवार
  • 2899 पटक पढिएको

म्याग्दी, २९ फागुन । रङको पर्व होली आज हर्षोउल्लाहसका साथ मनाइरहेको छ । थरीथरी रङको उल्लासमय पर्व होलीको रौनक म्याग्दीमा बिहानैदेखि सुरु भएको छ ।

DSC_0044

सडकमा बालबालिकादेखि अधबैंसेसम्म व्यक्तिहरु समुह समुहमा चोक र सडकहरुमा जम्मा भएर एक आपसमा रङ र अबिर लगाएर होली खेलिरहेका छन् ।    DSC_0042

आज बिशेष गरि पहाडी भेगमा हर्षोल्लासका साथ होली मनाइँदैछ भने भोली तराईमा होली मनाइन्छ । त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए ।

DSC_0012

भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।DSC_0055

हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

DSC_0048

होलीलाई खुशीको पर्वका रुपमा मनाउने भएकाले विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ । फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजा लिने गर्छन्। DSC_0060

होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ । यसैबिच आज मध्यान्नमा होलि खेलेर मोटरसाईकलमा हिँडीरहेका दुई विपरित दिशाबाट आएको मोटरसाईकल गणेशटोलमा टोक्किएका थिए । प्र्रहरीले होलीलाई आत्मिएताका साथ संयमित भएर पर्व मनाउन सर्वसाधारणलाई आह्वान समेत गरेको छ । DSC_0019

DSC_0052

DSC_0054