चैत ७ गने हुने वाईसीएल म्याग्दीको जिल्ला सम्मेलनको तयारी तिब्र

  • २९ फाल्गुन २०७३, आईतवार
  • 2881 पटक पढिएको

म्याग्दी, २९ फागुन । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीले आगामी चैत्र ७ गते बेनीमा जिल्ला सम्मेलन गर्ने भएको छ । तत्कालिन संघर्षरत माओवादी सम्बद्ध जनमुक्ति सेना र सरकारी सुरक्षाकर्मीबिच २०६० साल चैत्र ७ गते बेनीमा भएको भिडन्त भएको दिनको स्मरण गर्दै साहदत प्राप्त गरेका सहिदहरुको सम्मान गर्दै सोही दिनमा सम्मेलन गर्न लागिएको जनाइएको छ ।

उक्त सम्मेलनलाई तत्कालिन डेपुटी कमाण्डर समेत रहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनितीक सल्लाहकार चन्द्रप्रकाश खनाल (बलदेप)ले बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको अबसरमा वाइसीएलका कार्यकताहरुले बेनीमा मार्चपास गर्ने कार्यक्रम समेत राखिएको वाईसीएल जिल्ला संयोजक भोजबहादुर थापा (कुमार)ले जानकारी दिनुभयो ।
YCL-Flag
‘‘गणतन्त्र, संघीयतालाई सुदृढ गर्दै समृद्धिको बाटोमा अघि बढौँ, वाईसीएल म्याग्दीको तेस्रो एकता सम्मेलन सफल पारौँ’’ भन्ने मुल नाराका साथ हुन लागेको सम्मेलनलाई सफल बनाउन जिल्लाको गाउँ गाउँमा कमिटी पुनर्गठन अभियानलाई तिब्रता दिइएको जिल्ला संयोजक थापाले बताउनुभयो ।

अभियान अन्र्तगत ताकमको धारापानीमा राकेश थापाको अध्यक्षतामा ३१ सदस्यीय वाइसीएल गाउँकमिटी , ताकमको हिलापोखरीमा सम परियारको अध्यक्षतामा २६ सदस्यीय गाउँ कमिटी गठन भएको छ भने धौलागिरी गाउँपालिकाको वाईसीएल संयोजक सविन रोकाको उपस्थितीमा उक्त गाउँ कमिटी गठन गरिएको थियो ।

त्यस्तै सिंगामा तेजबहादुर बानीयाँको अध्यक्षतामा २६ ससदस्यीय र ठुलोखोलामा चयन्द्र श्रीसको अध्यक्षतामा ३१ सदस्यीय वाइसीएल गाउँ कमिटी निमार्ण गरिएको छ भने मंगला गाउँपालिकाको सम्मेलनबाट बालकृष्ण पुर्जाको संयोजकत्वमा गाउँपालिका कमिटि निर्माण भएको छ । वाईसीएल म्याग्दीको जिल्ला सम्मेलनको लागि गठीत ३१ सदस्यीय तयारी समितीले जिल्लाको विभिन्न गाउँ गाउँमा संगठन विस्तार अभियानलाई तिब्रता दिनुभएको साथै सम्मेलनका अन्य तयारीहरुलाई समेत अगाडि बढाएको जनाएका छन् ।