मुलुकलाई निकास दिन एमालेले दम्ब र मधेसी मोर्चाले हठ त्याग्नुपर्छ: काँग्रेस नेता रिजाल

  • २९ फाल्गुन २०७३, आईतवार
  • 2357 पटक पढिएको

म्याग्दी २९ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले मुलुकलाई संसदबाटै निकास दिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आज बेनीमा आयोजना गरेको प्रेस युनियनसंग साक्षतकार कार्यक्रममा बोल्दै नेता रिजालले मधेशकेन्द्रित दलको हट र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दम्ब नत्यागेसम्म मुलुकले निकास नपाउने बताउनुभयो । DSC_0002

उहाँले मुलुकको निकासका निम्ती दलहरुबिच सहमती र सम्झौता हुन जरुरी रहेको भन्दै निर्वाचन र संविधान संशोधनलाई संगसंगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । संविधान संशोधन एमालेले नमान्ने र निर्वाचन मधेस केन्द्रित दलले नमान्ने अबस्था रहेकाले दलहरुबिचको सम्झौताले मात्रै वर्तमान समस्याको हल गर्न सक्ने बताउनुभयो । DSC_0004

‘‘ हाम्रो राजनितीक धरातलले सम्झौता बिना कसैलाई अगाडि बढ्न दिदैन, हिजो संविधान सभाको निर्वाचन होस या संविधान निर्माण गरि जारी गर्ने प्रकृया, हरेकमा हामीले सम्झौताबाटै अगाडि बढेका छाँै, त्यसैले आगामी माघभित्र गर्नुपर्ने तिन तहकै निर्वाचनको सुनिश्चितको लागि पनि दलहरुबिच सम्झौताकै बाटो उपयुक्त छ,’’–नेता रिजालले भन्नुभयो ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै संविधानको संशोधन गर्न सुरु गरीसकेको कारण अहिले एमालेले संविधान संशोधन गर्न नै दिन्नौ भन्नु गैरजिम्मेवार पन भएको भन्दै आफुलाई चित्त नबुझे सरकारको संशोधनमा थप संशोधन हाल्न सुझाब दिनुभयो ।

‘‘लामो लोकतान्त्रिक अभ्यासबाट आएको पार्टीले संसदमा संशोधन दर्ता गर्न र छलफल गर्न नै दिन्नौँ भन्नु मिल्दैन, आफुलाई चित्त नबुझे त्यसलाई संशोधन हाल्न र असफल बनाउन सबैले पाउँछाँै, त्यसैले अब मधेसकेन्द्रित दल र एमालेले आ–आफ्नो हट त्याग्नुपर्छ, सदनबाहेक अन्य कुनै ठाउँबाट मुलुकको निकास सम्भव छैन,’’–नेता रिजालले थप्पनुभयो ।

नेता रिजालले संविधान जारी गर्दा नै तत्कालिन प्रमुख तीन राजनीतिक दलहरुले मधेसबादी लगायत अन्य विभिन्न क्षेत्र र समुदायका जायज मुद्धाहरुलाई संविधान संशोधन मार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाईसकेको स्मरण गर्दै बिगतको प्रतिबद्धताबाट कोही पनि पञ्छीन नमिल्ने धारणा राख्नुभयो ।

उहाँले सप्तरी घटनाले मधेसको राजनितीलाई विखण्डनबादीको हातमा पु¥याउने षडयन्त्र गरेको पुष्टी गरेको भन्दै त्यसो हुनबाट जोगाउन मधेसबादी दलहरुलाई समेत संसदबाटै आफ्ना मागहरु संवोधन गराउन खोज्न सुझाब दिँदै नयाँ निर्वाचनको जनमत अनुसार संविधानलाई थप परिमार्जन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भारतीय सुरक्षाकर्मीको ज्याजदीबाट कञ्चनपुरमा ज्यान गुमाएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा सहित राष्ट्रिय सम्मानका साथ अन्त्योष्टी गर्ने निर्णय गरिसकेको भन्दैै भारतीय गमजोरीलाई कुटनिटीक तवरबाटै ध्यानकर्षण गराईएको जानकारी दिनुभयो । प्रेस युनियनका सभापती गोपाल छन्त्यालको अध्यक्षता, सदस्य राकेश शर्माको स्वागत र सचिब निर्मल खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा होलिमिलन कार्यक्रम समेत गरिएको थियो ।