बागलुङ बलेवा एयरर्पोट निरन्तर संचालनका लागि म्याग्दीका सरकारवालासंग अन्र्तक्रिया
- २१ चैत्र २०७४, बुधबार
- 1925 पटक पढिएको
म्याग्दी २१ चैत । बागलुङ बलेवा एअरर्पोट निरन्तर संचालनका लागि म्याग्दीका सरकारवालाहरुसंग बेनीमा अन्तक्रिया गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको सहकार्यमा सरकारवालासंग गरिएको छलफल कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकाराज पौेडेल लगायतको टिम उपस्थित रहेको थियो ।
म्याग्दी उद्योग वाण्ज्यि संघ अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता र जिल्ला समन्वय समितिका सभापति देवेन्द्रबहादुर केसी उपस्थितमा भएको कार्यक्रममा बागलुङ नगरपालिका मेयर जनकराज पौडेलले २७ बर्षसम्म बन्द अवस्थामा भएको एअरर्पोटलाई संचालनमा ल्याउन चुनौती भएको भन्दै यसको निरन्तर संचालनका लागि सहकार्य आवश्यक रहेको बताए । पौडेलले बलेवा एअरर्पोट बनाएर संचालनमा सहकार्य गर्न पर्वत र म्याग्दीका नगरपालिकालाई आग्रह समेत गरेका थिए । एअरर्पोट निरन्तर संचालन गर्न सकेमा पर्यटन प्रर्वद्धन तथा रोजगारी सिर्जना पुग्ने हुदाँ यसको दिगो विकासका लागि तिन जिल्लाको सहकार्य आवश्यक रहेको बताए ।
४० मिनेटमा बागलुृङ देखि काठमाण्डौ पुग्न सकिन्छ । एयरर्पोटबाट हप्ताको दुईदिन आइतबार र विहिबार उडान गरिने छ । नेपाल एयर लाईन्स र तारा एयर लाईन्सका २ जहाज गरिने उडान सुरक्षित रहेको बताए । नेपाल एयरलाईन्सको विहिबार ९ः ४५ हुने हुदाँ यसको टिकट मूल्य ६ हजार पाचसय रहेको छ । भने तारा एयरलाईन्सको आईतबार ११ः४५ हुने हुदाँ यसको टिकट मुल्य ६ हजार ७ सय रहेको बागलुङ नगरपालिका ३ का वडा सचिव भिमसेन पन्तले जानकारी दिए । एयअरर्पोटलाई सुरक्षित बनाउनका लागि आवश्यक भौतिक पुर्वाधार तथा सेवासुविधा ब्यवस्थापनका लागि तयारी अघि बढेको समेत जानकारी दिए ।
त्यस्तै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बन्द अवस्थामा रहेको एअरपोर्टलाई संचालनमा ल्याउने टिमलाई धन्यवाद दिदै दिगो संचालनका लागि सधै सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।सो कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्माले दिगो ब्यवसायिक उडानका लागि निजि क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । जिल्लाका जनप्रतिनिधी, सरकारवाला, उद्योगी, ब्यापारी र पत्रकार उपस्थित भएको अन्तक्रिया कार्यक्रमको संचालन महासचिव लिलाराम गौतमले गरेका थिए ।