उग्रता र हठले देशलाई दन्द्धमा धकेन्छ काँग्रेस नेता– डा. रिजाल

  • २८ फाल्गुन २०७३, शनिबार
  • सन्तोष गौतम
  • 1837 पटक पढिएको

म्याग्दी २९ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले मधेशकेन्द्रित दलको उग्रता र एमालेको हठका कारण देशलाई दन्द्धतर्फ धकेलेको टिप्पणी गर्नुभएको छ ।

IMG_3924

नेपाल शिक्षक संघ म्याग्दीको शनिबार बेनीमा आठौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता रिजालले मधेश केन्द्रित दलले संबिधानलाई उपलब्धिनै नठानेर देखाएको उग्रता र एमालेले संसोधन गर्नै नमिल्ने भनेर लिएको अडानका कारण संबिधान कार्यान्वयनमा समस्या सिर्जना भएको बताउनुभयो ।

उहाँले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सबै राजनितिक शक्तिलाई जिम्मेवार हुन तथा राष्ट्रियताप्रती संबेदनशिल बन्न आग्रह गर्नुभयो । धर्मजात, भाषा, संस्कृतीको नाममा दन्द्ध निम्त्याउन कसैलाई छुट नभएको भन्दै उहाँले तत्कालीन फाईदाको लागि भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो ।

राष्ट्रियताको रक्षाका लागि देशको आन्तरीक एकता मजवुद बनाउदै संबिधान कार्यान्वयनका लागि तिन वटै तहको निर्वाचन निर्धारीत समयमा सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभयो ।

मधेशवादी दलले भन्दैमा घोषणा भैसकेको स्थानीय तहको निर्वाचन नरोकीने र निर्धारीत मितीमा जसरी पनि निर्वाचन हुने डाक्टर रिजालले बताउनुभयो । कार्यक्रममा सांसद रेशमबहादुर बानियाले जिल्लाको विकासका लागि नेपाली काँग्रेस र वर्तमान सरकारले महत्वपूर्ण भुमिका तथा योगदान गरेको बताउनुभयो ।

विगतको भन्दा पार्टी बलीयो भएकाले आगामी निर्वाचनमा म्याग्दीमा नेपाली काँग्रेसको बिजय हुने उहाँले ठोकुवा गर्नुभयो । नेपाल शिक्षक संघका उपाध्यक्ष बिष्णुदेवी पाण्डे र किशोरदत्त सुवेदीले शिक्षा ऐनको कार्यान्वयनका लागि दवाव दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा लगायत, बेनी नगर सभापती अनोद श्रेष्ठ, महाधिवेशन प्रतिनिधि भरत रकाल, नेविसंघका एकिन्द्र महत, तरुण दलका मुकुन छन्त्याल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष केशवप्रसाद रेग्मीको अध्यक्षता, सचिव नगेन्द्र केसीको सञ्चालन र महिला उपाध्यक्ष सरस्वती शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन हुने जनाइएको छ । अध्यक्षमा दुर्गाराम सुवेदी र दिपक श्रेष्ठले उमेद्वारी घोषणा गर्नुभएको छ ।

सन्तोष गौतम