स्वाईन फिभर रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया

  • २८ फाल्गुन २०७३, शनिबार
  • सन्तोष गौतम
  • 1451 पटक पढिएको

aaaa

बेनी, २८ फागुन । म्याग्दीको बेनीमा शनिबार बंगुरमा लाग्ने स्वाईन फिभर रोग नियन्त्रणका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको कार्यक्रममा बंगुरपालक कृषक र पशु सेवा प्राबिधिकहरुबीच स्वाईन फिभर रोगको कारण, लक्षण, उपचार बिधी र रोकथामका उपायका विषयमा छलफल भएको थियो ।

निर्देशनालयका पशु चिकित्सक लोकराज भुषाल र जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक जिवनप्रसाद आचार्यले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले गर्नुभएको थियो ।

म्याग्दीको विभिन्न ठाउँमा रहेका फार्महरुमा हाल एक हजार भन्दा बढी बंगुर पालीएका छन् । स्वाईन फिभर बंगुरमा देखिने प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ ।

 

सन्तोष गौतम