बर्षा र हिमपातले जनजिवन कष्टकर

  • २८ फाल्गुन २०७३, शनिबार
  • सन्तोष गौतम
  • 3487 पटक पढिएको

बेनी, २८ फागुन । भरी र हिमपातका कारण म्याग्दी र मुस्ताङको जनजिवन कष्टकर बनेको छ । म्याग्दीको उच्च पहाडी क्षेत्र र मुस्ताङमा शुक्रबार बिहानै देखिको झरी र हिमपातले चिसो बढेपछि जनजिवन कष्टकर बनेको हो ।

म्याग्दीको गुर्जा, घोडेपानी, राम्चे, लुलाङ लगायत उच्च पहाडी बस्तीहरुमा हिमपात भएको छ । डेढ फिटसम्म हिउँ जमेपछि सर्वसाधारण घरबाहीर निस्कन नसकेको र चिसो बढेको गुर्जाका झकबहादुर छन्त्यालले बताउनुभयो ।

1

लुलाङ हुदै गुर्जा जाने बाटोमा परेको बाक्लो हिउँका कारण गुर्जा सम्र्पक बिच्छेद भएको छ । गुर्जाबाट लुलाङतर्फ आउने र लुलाङबाट गुर्जा जाने घोरेटो बाटो हिमपातका कारण अवरुद्ध बनेको छ । यसैगरी घोडेपानी, राम्चे लगायतका क्षेत्रमा समेत हिउँ परेको छ ।

पर्यटकीय स्थल घोडेपानी क्षेत्रमा विगत तिन दिनदेखि विद्युत आपूर्ती समेत बन्द हुँदा पर्यटक र स्थानीय बासिन्दा समस्यामा परेका छन् । विद्युत अभावमा मोवाईल, टेलीफोन र ईन्टरनेट सेवा अवरुद्ध बनेको छ । पदयात्रामा आएका आन्तरीक तथा बाह्य पर्यटक प्रभावित भएका छन् ।

2

मुस्ताङको सबैजसो क्षेत्रमा हिमपात भएपछि यातायात सेवा समेत प्रभावित भएको छ । तिर्थयात्री र पर्यटक समस्यामा परेका छन् । बर्षाले मानिस र पशुपंक्षीलाई समस्या भएपनि खेतीबालीलाई भने फाईदा पुर्‍याएको कृषकहरुले बताएका छन् ।

3

हिउँदे गहुँ, उवा, जौ तथा बर्खे आलु, मकै, सिमी लगायत बालीलाई बर्षा र हिउँले सिचाईको काम गर्ने तथा उत्पादन बढ्ने कृषकले बताएका छन् । मुस्ताङका कृषकहरु पनी हिमपात भएपछि स्याउ खेती राम्रो हुने भएकाले खुसी भएका छन् । यो वर्ष चौथो पटक हिमपात भएको हो ।
भारतको छत्तिसगढ क्षेत्रमा बायुमण्डलमा निर्माण भएको जलवाष्पयुक्त बायुचmत्र, अरेबियन सागरबाट उठेको पश्चिमी वायू र स्थानीय वायुका कारण बर्षा भएको जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखाले जनाएको छ । म्याग्दी र आसपासका क्षेत्रमा शनिबार दिउँसोदेखि बर्षा रोकीएपछि मौसम बदली कायमै छ । आईतबारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।

सन्तोष गौतम