मोना कतारको आठौ साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल

  • २८ फाल्गुन २०७३, शनिबार
  • तिलु शर्मा पौडेल, कतार
  • 2815 पटक पढिएको

“प्रवासी म्याग्देली दृष्टि, सम्वृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नाराका साथ् सन् २००३ देखि अनवरत रुपमा अघि बढिरहेको म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार)को आठौ साधारणसभा सभ्य तथा भव्य रुपमा सम्पन्न भएको छ । उक्त साधारणसभा कतारको बि रिङ रोडमा अवस्थित भूइया रेस्टुरेन्ट (नेपालि आगन)को सभा हलमा सम्पन्न भएको हो ।

मोना कतारका अध्यक्ष किरण शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोना आइ.ई.सि.का क्षेत्रीय सचिव रेशम शाही प्रमुख अतिथि रहनु भएको थियो । विधिवत रुपमा दिप प्रज्वलन सहित उद्घाटन गरिएको कार्यक्रममा व्यानर अनावरण, राष्ट्रिय गान तथा बिर सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो । सस्थाका उपाध्यक्ष बालकृष्ण आचार्यले उपस्तिथि सबैलाई स्वागत गर्दै स्वागत मनत्व राखेका थिए ।

एनआरएनए एनसिसि कतारका कोषाध्यक्ष भेषराज पराजुली, मोना कतारका सस्थापक अध्यक्ष प्रेम रसाइली, सरक्षक बिक्रम कार्की प्रमुख सल्लाहकार नन्द प्रशाद गर्बुजा, बसन्त फिल्मस प्रा.लि. काठमाण्डौ-कतारका प्रबन्ध निर्देशक तथा युवा समाजसेवी इश्वर काफ्ले, समाजसेवी के.बि. हमाल, समाजसेवी तथा व्यवसायी माया के.सि. विशेष अतिथि रहनु भएको थियो ।

IMG_0624

त्यस्तै मोना कतारले २७ मई २०१६ मा सम्पन्न गरेको विविध सास्कृतिक कार्यक्रममा मुख्य प्रायोजकको रुपमा रहेको बसन्त फिल्मस् प्रा.लि. काठमाण्डौ-कतारका व्यवस्थापक शरद कुमार पाण्डे, विशेष सहयोगी सस्थाको रुपमा रहेका पाल्पाली सेवा समाज कतारका तर्फदेखि सचिव दुर्गा अधिकारी, कास्की आदर्श सेवा समाजका अध्यक्ष मन प्रसाद राना, पर्वत युवा सेवा समाजका अध्यक्ष दिपेन्द्र जंग लामिछाने, बागलुंग सेवा समाजका अध्यक्ष चन्द्रकान्त शर्मा, दग्नाम बैदेशिक सञ्चार युनिटका बिनोद शेरपुन्जा, घार खिबाङ् म्याग्देली समाजका प्रतिनिधी थाम कुमार गिरि विशेष अतिथिमा रहनु भएको थियो ।

IMG_0633

त्यसैगरी अथितिहरुमा सु.प्.सेवा समाजका अध्यक्ष अमृत शाही, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, नेपाली जनसम्पर्क समिति कतारका सभापति केशब भुसाल, ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष श्रीराम मल्ल, लमजुङ सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठ, तेह्रथुम सेवा समाजका उपाध्यक्ष रमेश भारती, नमस्ते नेपाल हातेमालो सामाजिक सस्था शाखा कतारका अध्यक्ष रमेश दर्नाल, विस्वकर्मा समाजका सदस्य बि.एम. सुनार, गोर्खा सेवा समाजका अध्यक्ष सुदर्शन भट्ट, खोटाङ सेवा समाजका महासचिब रुद्र शर्मा, ओखलढुंगा सेवा समाजका अशोक तामाङ्, दाङ देउखुरी सेवा समाजका उपाध्यक्ष हेम बस्नेत, तनहुँ सेवा समाजका महासचिब बलराम गैह्रे, खस क्षेत्री सेवा समाजका महासचिव रामजी खत्री, नवोदित साहित्यिक वाचनालयका प्रथम उपाध्यक्ष लेख कार्की, अन्तराष्ट्रिय साहित्य समाजका कोषाध्यक्ष मणि पौडेल, रोल्पा जलजला सेवा समाजका अध्यक्ष बसन्त थापा, काभ्रे सम्पर्क समितिका सचिव राजेन्द्र कुमार सापकोटा, संखुवासभा समाजका वरिष्ठ उपाध्यक्ष खगेन्द्र कार्की, एभरेस्ट नेपाल युथ एसोसियसनका प्रथम उपाध्यक्ष नरेन खड्का लगायत अतिथि रहनु भएको थियो ।

1662003c-1e41-4852-8c0d-ae0180841f68 (1)(1)

राजधानी अन्तराष्ट्रिय साप्ताहिकका पत्रकार दिल कुमार श्रेष्ठ, साझा नेटवर्क डटकमका बजार व्यस्थापक केशब कंडेलले अतिथि पत्रकारको आशन ग्रहण गर्नु भएको थियो । कार्यक्रममा मोना कतारका केन्द्रीय सदस्य राजेन्द्र भण्डारीको म्याग्दी मोना सिरैमा नामक गीति एल्बमको बिमोचन पनि गरिएको थियो भने मोना कतारका उपाध्यक्ष बालकृष्ण आचार्य कतार बसाइलाई बिट मार्दै स्वदेश फर्कन लाग्नु भएको अबसरमा बिदाइ तथा सम्मान पनि गरिएको थियो । संस्थाका महासचिव तिलु शर्मा पौडेलले सस्थाको कार्यप्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

IMG_0637

कार्यक्रममा उपस्थित विभिन्न संघ सस्थाका प्रतिनिधि तथा विशेष अतिथिहरुले शुभकामना मन्तव्य राख्दै म्याग्दी जिल्ला एक पर्यटकीय जिल्ला रहेको र त्यसको प्रवर्धन तथा थप प्रचार प्रसार गर्न अनुरोध गर्दै मोना कतारको उच्च प्रशंशा सहित आठौ साधारणसभाबाट बन्ने नया कार्यसमितिलाई सफलताको सुभकामना पनि व्यक्त गरेका थिए । कार्यक्रममा आफनो मन्तव्य राख्ने क्रममा सस्थापक अध्यक्ष रसाइलीले यो एउटा चौतारी हो र यसको सुरुवात सिमित व्यक्ति बिचबाट गरिएको भएपनि अहिले मोना कतार अन्तराष्ट्रिय रुपमा फैलिएको हुदा हामी कतारमा मात्र सिमित नरहेको हुदा हामीले गर्ने हरेक कार्यमा संवेदनशिल बन्न आग्रह गर्नु भयो ।

IMG_0279

मोना कतारले २७ मई २०१६ मा आयोजना गरेको विविध सास्कृतिक कार्यक्रममा योगदान पुराउने व्यक्ति, कार्यक्रमको मुख्य प्रायोजक, प्रायोजक, स्थानीय कलाकार, साथै मोना कतारका खेलाडीहरु, अफिसियल मिडियाहरु राजधानी साप्ताहिक कतार, कान्तिपुर साप्ताहिक (हाल कतारमा बन्द रहेको छ) बेनी अनलाइन डटकम, म्याग्दी अनलाइन डटकम तथा साझा नेटवर्क डटकमलाई सम्मान गरेको छ । यसका साथै मोना कतारका भुतपुर्व अध्यक्षहरु प्रेम रसाइली २००३-१२, बिक्रम कार्की २०१२-१३, नन्द प्रसाद गर्बुजा २०१३-१४ र रेशम साही २०१४-१५ लाइ आजिवन सदस्यता पत्र प्रदान गरिएको थियो ।

IMG_0453

ईस्वी संवत २००३ देखि २०१७ सम्मका सम्पूर्ण गतिविधिहरु तस्वीरहरु लगायत विभिन्न विषय समेटेर तयार पारिएको मोना कतारको म्याग्दी दर्पण नामक पुस्तक पनि विमोचन गरियो । उक्त पुस्तकको बारेमा बोल्दै सयोजक बिक्रम कार्कीले मोना कतारका गतिविधि मात्र नभई सारा म्याग्दी तथा विभिन्न जिल्लाका व्यक्तित्वहरुको लेख समावेश गरिएको जानकारी दिदै यस पुस्तक प्रकाशनमा विज्ञापन, लेख आलेख सबै उपलब्ध गराउने तथा प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा सहयोग पुराउने सबैलाई हार्दिक कृतज्ञता प्रकट गर्नु भयो ।

IMG_0624

कार्यक्रमका प्रमुख अतिथि शाहीले हामीले सस्थामा कसरी बस्ने कसरी कार्य गर्ने के गर्दा सस्था तिव्र गतिमा दौडिन सक्छ भन्ने तर्फ ध्यान दिन आग्रह गर्दै अब बन्ने कार्यसमितिले बिगत भन्दा अझै पृथक तरिकाले संस्थालाइ अगाडि बढाउन विभिन्न राष्ट्रिय सांस्कृतिक कार्यक्रम, जनाचेतना मूलक क्रियाकलाप तथा क़तार सरकारको अधिनमा रही विभिन्न सामाजिक गतिविधिहरू संचालन गरी मोना क़तारलाई नमूना संस्थाको रुपमा चिनाऊन विभिन्न कार्य सम्पादन गर्दै सस्थालाइ उचाइमा पूर्याउनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दै मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिले थालेको ई लाइब्रेरी, मोना इन्भेस्टमेन्ट र म्याग्दी जिल्लामा फ्री वाइफ़ाइको प्रोजेक्टलाई सघाउ पुराउन मोना कतार अग्रसर बनोस भनि आग्रह तथा शुभकामना व्यक्त गर्नुभयो ।

IMG_0637

साथै आफुले यस सस्थालाई आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । महासचिव तिलु शर्माले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापाति किरण शाहीले आफ्नो छोटो कार्यकाललाई सफल रुपमा अवतरण गराउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै २०१५-१७ को कार्यकारी समिति भंग गरि नया कार्यकारी समिति चुन्ने बाटो पनि खोलिदिए संगै कार्यक्रम बन्द सत्रमा प्रवेश गरेको थियो ।

बन्द सत्रमा २०१५-१७ कार्यकालमा ८५ हजार ६ सय ५७ रियाल बराबरको आम्दानि ७३ हजार १७ रियाल खर्च भै सस्थामा १२ हजार ६ सय ४० रियाल बचत रहेको र त्यस मध्ये मोना कतारको आकस्मिक कोषमा ५ हजार २ सय १८ रियाल जम्मा भएको जानकारी दिदै ७ हजार ४ सय २२ रियाल मुख्य धन सस्थामा रहेको आय व्यय विवरण प्रस्तुत गर्नुभयो । बन्द सत्रबाट तत्काल सहसचिव हुदै महासचिव समेत भईसक्नु भएका र २०१५-१७ कार्यकालमा सल्लाहकार पदमा रहनु भएका रमेश पौडेलको नेतृत्वमा सर्वसहमतिमा १७ सदस्सीय नयाँ कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमितिमा अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष तिलु शर्मा पौडेल, प्रथम उपाध्यक्ष चित्र बहादुर चोखाल, दित्तीय उपाध्यक्ष मिन बहादुर कार्की, महासचिव राजु पौडेल, सचिव तारा क्षेत्री, सचिव राजेन्द्र भण्डारी, कोषाध्यक्ष रमेश कुमार शर्मा, सह-कोषाध्यक्ष मिन बहादुर नेपाली रहनु भएको छ ।

त्यस्तै प्रमुख सल्लाहकार किरण शाहि रहनु भएको छ। समितिका सदस्यहरुमा सपना पुन, देबिन्द्र गर्बुजा, बिनोद शेरपुर्जा, राम बहादुर घर्तिमगर, थम कुमार गिरि, रेशम परियार, भुमिस्वर सापकोटा रहनु भएको छ भने  भने ६जना केन्द्रीय सदस्य कार्य समितिले मनोनित गर्न सक्ने ब्यबस्था अनुसार म्याग्दी राखु भगवती –९ का बाबुराम भण्डारीलाई सदस्यमा मनोनित गरिएको छ । बाकि मनोनित हुने ५ जना सदस्यहरु बिभिन्न गाउ पालिकाबाट एक जनाका दरले नियुक्ति गरिने बताइएको छ ।

तिलु शर्मा पौडेल, कतार