म्याग्दीमा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईदै

  • २७ फाल्गुन २०७३, शुक्रबार
  • 2299 पटक पढिएको

म्याग्दी, २७ फागुन । म्याग्दीमा आगामी चैत पहिलो साता हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियान अन्तर्गतको आठौ चरणको कार्यक्रम संचालन हुने भएको छ । सातौ चरणसम्म अभियान संचालन गर्दा पनि हात्तिपाईले संक्रमितको संख्या शुन्यमा नझरेपछि पुनः आठौपटक अभियान संचालन गर्न लागिएको हो ।

DSC_0004
चैत ५, ६ र ७ गते गरी तीन दिन सम्म जिल्लाभर नै अभियान संचालन गरि हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन भिम आचार्यले बताउनुभयो । उहाँले जिल्लाको कुल जनसंख्या मध्ये १ लाख ४ हजार २ सय जनालाई औषधी सेवन गराउने अभियानको लक्ष्य रहेको जानकारी दिनुभयो । दुई बर्ष मुनीका बालबालिका, गर्भवती र ७ दिनभित्रका सुत्केरी आमा र सिकीस्त विरामी बाहेक अन्य सबैलाई औषधी खुवाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

DSC_0005

अभियानका लागि २ सय १० जना स्वास्थ्यकर्मी र ९ सय ८७ जना तालिम प्राप्त स्वास्थ्य स्वयंसेवकलाई परिचालन गर्ने तयारी भएको छ ।
अघिल्ला बर्षहरुको तुलनामा सबै व्यक्तिहरुलाई औषधी खुवाउनका लागि यस पटक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाईने भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रोशन न्यौपानेले जानकारी दिनुभयो । उहाँले सबैले औषधी सेवन नरेसम्म हात्तिपाईले रोग निवारण नहुने भएकाले सबैलाई औषधी खुवाउनुपर्नेमा जोड दिनुभयो ।

DSC_0010
यसैबीच जिल्ला स्वास्थ्य कार्यालयले शुक्रवार सञ्चारकर्मीहरुसंग अन्र्तक्रिया गरी अभियानका बारेमा जानकारी दिएको छ । उक्त अबसरमा जिल्ला स्थित क्रियाशिल पत्रकार र सञ्चारकर्मीहरुलाई सामुहिक रुपमा हात्तिपाईले विरुद्धको औषधी समेत खुवाइएको थियो । कोहिपनि उक्त औषधी खानबाट बञ्चित नहोऊन भनेर सञ्चारकर्मी र सञ्चारमाध्ययम मार्फत सुचना प्रवाह गर्नुको साथै विभिन्न सरोकारवालासंग छलफल र अन्र्तक्रियालाई समेत जोड दिइएको प्रमुख डाक्टर न्यौपानेले बताउनुभयो ।

सरकारले सन् २०२० सम्म नेपालबाटै हात्तिपाईले रोग उन्मुलन गराउने लक्ष्य राखेको छ । सो अबसरमा नेपाल पत्रकरा महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले सरकारले अभियानको रुपमा लिएको हात्तिपाईले विरुद्धको औषधी खुवाउने कार्यक्रमलाई सञ्चारकर्मी र संचारमाध्ययमको तर्फबाट रचनात्मक सहयोग हुने बताउनुभएको थियो भने तथ्याङ्क सहायक बसन्त पोखरेलले गर्नुभएको थियो ।