लायन्स क्लव अन्तराष्ट्रिय तेस्रो क्याविनेट बैठकको उद्घाटन् गर्न प्रदेश ४ का मुख्यमन्त्रि गुरुङ बेनीमा आउदै

  • ९ फाल्गुन २०७४, बुधबार
  • धिरन खत्री
  • 3639 पटक पढिएको


म्याग्दी ९ फागुन । म्याग्दीको बेनी बजारमा फागुन ११ र १२ गते हुने लायन्स क्लव अन्राष्ट्रिय तेस्रो क्याविनेट बैठककोे उद्घाटन गर्न प्रदेश ४ का मुख्यमन्त्रि पृथ्वीसुब्वा गुरुङ आउने भएका छन् । लायन्स क्लवसंग आवद्ध देशभरबाट १ हजार ५ सय जना लायन्सकर्मीहरु बेनीमा आउने बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन । म्याग्दीको पर्यटन विकास लागि आयोजना गरिने तेस्रो बैठकमा लायन्सका प्रमुख पदका ब्यक्तिहरु बेनीमा आउने भउएका छन् । ११ गते धार्मिक एवम् पर्यटकियस्थल गलेश्वरधाम पहिलो बैठक हुने भएको छ । भने १२ गते दोस्रो दिन प्रभातफेरी कार्यक्रमसहित जिल्लाको जातिय पहिचान साथै झाँकी प्रर्दशनसहित खुल्लामञ्चमा बृहत कार्यक्रम हुने  संयोजक चन्द्रकुमार केसीले जानकारी दिए ।


दुइदिनसम्म चल्ने कार्यक्रममा लायन्सका प्रमुख ब्यक्तिहरुलाई स्वागत तथा सम्मानमा म्याग्दीमा उत्पादित बस्तुहरु प्रयोग गरिने भएको छ। भने मुख्यमन्त्रीलाई जिल्ला उत्पादित अल्लोको कोट मायाको चिनो दिने योजना रहेको छ । म्याग्दीमा भएका लाइन्स क्लव अफ बेनी म्याग्दी, लायन्स क्लव अफ म्याग्दी दोभान, लायन्स क्लव अफ बेनी सिटि, लायन्स क्लव अफ बेनी मल्लाज, लायन्स क्लव अफ म्याग्दी दरवाङ लायन्स क्लव अफ बेनी पिस सिटि, लायन्स क्लव बेनी महारानीको आयोजनामा बेनीमा तेस्रो क्याविनेट बैठक हुने भएको छ ।

उक्त कार्यक्रमको लागि आवश्यक तयारी बारे बुधबार जिल्ला समन्वय समितिका सभापति देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, विभिन्न कार्यालयका प्रमुख ब्यक्तिहरु सहित लायन्सकर्मीहरुको उपस्थित भएको थियो । जिल्ला संयोजक चन्द्रकुमार केसीको अध्यक्षतामा आयोजित छलफलमा दुईदिनसम्म चल्ने कार्यक्रमको सुरक्षा अवस्था बारे डिएसपि बसुन्धरा खड्काले प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण सन्तोष रावलले गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l