दानाका उपभोक्ता समितिका पदाधीकारीलाई तालीम

  • ८ फाल्गुन २०७४, मंगलवार
  • 1549 पटक पढिएको

म्याग्दी, ८ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानामा सोमबार उपभोक्ता समितिका पदाधीकारीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालीकाको आयोजनामा दानामा बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा राजनितिक दलका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो ।

गाउँपालीकाका नायव सुब्बा कुलप्रसाद आचार्यले उपभोक्ता समितिका पदाधीकारीहरुको काम कर्तब्य र अधिकार, योजना सम्झौता, कार्यान्वयन, भुक्तानी प्रक्रिया, जनसहभागीता र लेखा व्यवस्थापनको विषयमा सहजिकरण गर्नुभएको थियो ।

वडा अध्यक्ष नरसिङ बहादुर पुर्जाको अध्यक्षता र सिता बिकको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि र राजनितिक दलका प्रतिनिधिहरु सहित ५० जनाको सहभागीता रहेको छ । कार्यक्रममा दाना स्थित महिला सहकारीका अध्यक्ष वुद्धीकुमारी पुर्जा र दुवारी मिल उपभोक्ता समितिका अध्यक्ष गंगा थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

योजना कार्यान्वयन प्रक्रियालाई प्रभावकारी, पारदर्शी, व्यवस्थित र समयमै सम्पन्न गराउन गाउँपालीकाले वडा स्तरमा उपभोक्ता समितिका पदाधीकारीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।