राम्चेका उपभोक्तालाई अभिमुखीकरण

  • ७ फाल्गुन २०७४, सोमबार
  • 1857 पटक पढिएको

म्याग्दी, ७ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेका उपभोक्ता समितिका पदाधीकारीहरुलाई आईतबार तालीम दिइएको छ । गाउँपालीकाको आयोजनामा राम्चेमा बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई तालीम दिइएको हो ।

गाउँपालीकाका नायव सुब्बा कुलप्रसाद आचार्यले उपभोक्ता समितिका पदाधीकारीको काम, कर्तब्य र अधिकार, योजना व्यवस्थापन, जनसहभागीता, लेखा व्यवस्थापन, योजना सम्झौता र फरफारक गर्दा अपनाउनुपर्ने प्रक्रियाको विषयमा तालीम दिएका थिए ।

वडा सदस्य यमबहादुर पुर्जाको अध्यक्षता, सचिव कृष्णबहादुर विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी नांगी आमा समूहकी ललीता तिलीजा र फासबहादुर गर्बुजाले मन्तब्य व्यक्त गरेका थिए । तालीममा ३९ जनाको सहभागीता रहेको थियो ।