घुस लिएको रकम सहित म्याग्दीमा प्रहरी हवल्दार पक्राउ
- ६ फाल्गुन २०७४, आईतवार
- 2602 पटक पढिएको

म्याग्दी ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म्याग्दीको बेनीबाट घुस सहित एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ ।
रघुगंगा गाउँपालीका ६ मा रहेको पाखापानी प्रहरी चौकीका हवल्दार कुलबहादुर बि.सीलाई बेनीको कालीपुल बसपार्कबाट घुस लिएको एक लाख साठी हजार रुपैया सहित पक्राउ गरेको आयोगका प्रवत्ता पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
प्रवत्ता पाण्डेका अनुसार बि.सीले प्रहरी जवान पदमा भर्ना गराईदिने भनी सेवाग्राहीसंग घुस रकम माग गरेको उजुरी एवं सूचनाको आधारमा अख्तियारबाट खटिएको टोलीले घुस वापतको रकम लिईसकेको अवस्थामा शनिबार नियन्त्रणमा लिएको हो ।
बि.सीलाई अख्तियारको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको पाण्डेले बताउनुभयो ।