माउण्ट एभरेष्ट माविमा नयाँ संचालक

  • ६ फाल्गुन २०७४, आईतवार
  • धिरन खत्री
  • 2206 पटक पढिएको


म्याग्दी, ६ फागुन । म्याग्दी बेनीबजारमा रहेको माउण्ट एभेरष्ट आवासीय माविमा नयाँ गुरुयोजनासहित नया संचालक समिति आएका छन् । २५ बर्षदेखि निरन्तर संचालित रहेको माविलाई आईतबार देखि औपचारिक रुपमा नया संचालक समिति घोषणा गरिएको हो ।


आईतबार देखि माउण्ट ऐभरेष्टको संचालकमा चन्द्रकुमार केसी, सुरज केसी, राजु केसी, हरिकुमार श्रेष्ठ, लिला बहादुर बानियाँ, राजेश शाक्य, प्रमोद श्रेष्ठ, रमेश गिरि, सुविन श्रेष्ठ, किरण सापकोटा सहितको नयाँ टिम रहेका छन् । संघिय संरचनाअनुसार प्रतिस्पर्धा र देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित नयाँ संचालक समिति सहित अगाडि बढेको हो ।


सो नयाँ संचालकहरुको औपचारिक घोषणा कार्यक्रमलाई उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले जिल्ला र राष्ट्रको लागि हरेक क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने गुरुयोजनासहित नया संचालक टिम रहेको हुदाँ महाभारतको पाचँ पाण्डपजस्तै एकता भएर नयाँ संचालकले विद्यालयलाई सगरमाथा जस्तै उचाईमा पु¥याउन आग्रह गरेका थिए । शिक्षामा भएको अस्पष्ट नीतिलाई सम्वन्धित क्षेत्रमा सुधार गर्न पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।


सो अवसरमा संचालन तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले आधुनिक प्रविधिसंगसंगको शिक्षालाई प्राथमिकता दिएर अघि बढ्ने नया संचालक समिति प्रतिवद्ध रहेको मन्तव्य ब्यक्त गरेका थिए । सो कार्यक्रममा बुद्ध एकेडेमिका राजकुमार थापा, माउण्ट एभरेष्टका अभिभावक संघका अध्यक्ष सन्तोष रावलले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै माउण्ट एभेरष्टका संस्थापक चन्द्रकुमार केसीले नयाँ संचालन समितिको घोषणा गर्दै संचालक किरण सापकोटाले माउण्ट एभरेष्टको गतिविधिसहित नयाँ योजना प्रस्तुत गरेका थिए ।


विद्यालयमा पढेर विभिन्न क्षेत्रमा उच्च पदमा पुगेका पुर्व विद्यार्थी एवम् अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको थियो । भने अध्ययनरत विद्यार्थीले विभिन्न सास्कृतिक प्रस्तुती समेत देखाएका थिए ।
माउण्ट एभरेष्टका अध्यक्ष चन्द्रकुमार केसीको अध्यक्षता, राजु केसीको संचालनमा रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति देवेन्द्रकुमार केसी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा अभिभावकहरुकोे उपस्थित रहेको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l