केडि पत्रकारिता पुरुष्कारबाट पत्रकार घनश्याम खड्का सम्मानित

  • ५ फाल्गुन २०७४, शनिबार
  • धिरन खत्री
  • 2555 पटक पढिएको


म्याग्दी, ५ फागनु । जिल्लामा रहेर पर्यटन र कृषि क्षेत्रमा क्रियाशिल कलम चलाउने पत्रकार घनश्याम खड्कालाई केडि बर्ष पत्रकारिता पुरुष्कार २०७४ ले सम्मान गरिएको छ । केडी कटेज प्रा.लिको दोश्रो बार्षिकत्सवको अवसरमा सो पुरुष्कार प्रदान गरिएको हो । जिल्लाबाट कान्तिपुर पत्रिकामा क्रियाशिल संवाददाता रुपमा रहेका पत्रकार खड्कालाई नगद ११ हजार १११ रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको थियो ।


मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडि कटेजका संचालक युवा ब्यवसायि अशोक पौडेल र जीवन पौडेलले निरन्तर रुपमा केडि पत्रकारिता पुरुष्कार राखेका हुन् । सो पुरुष्कार मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, केडि कटेजका संचालक अशोक पौडेलले हस्तान्तरण गरेका थिए ।


केडि कटेजको दोश्रो बर्ष पुरा गरि तेस्रो बर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार कमल खत्री र प्रताप बानियाँलाई सम्मान पत्रले सम्मान गरिएको थियो । सो कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले गाउँको पर्यटन र कृषि क्षेत्रको सम्भावनालाई लक्षित गरेर संचालित यस कटेजलाई आवश्यक सहयोग लागि सधै गाउँपालिका प्रतिबद्ध रहेको बताएकी थिईन । वडा अध्यक्ष खाती, नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा र पुरस्कृत पत्रकार खड्काले गाउँमै बसेर स्वरोजगार बन्ने प्रयास गरेका केडी कटेजका सञ्चालकले पत्रकारीता क्षेत्रको प्रोत्साहनका लागि गरेको कार्यको प्रशंसा गरेका थिए ।


सञ्चालक शर्माको अध्यक्षता, व्यवस्थापक जिवन पौडेलको स्वागत र कृष्णबहादुर खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य गणेश बानिया र मंगला गाउँपालीकाको कृषि शाखाका प्रमुख दिर्घबहादुर खड्काले मन्तब्य व्यक्त गरेका थिए ।
प्राकृतिक तातोपानी कुण्ड, टोड्के, गुरील्ला, धौलागिरी चक्रिय पदमार्ग र ढोरपाटन भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ५० लाख रुपैयाको लागतमा गत वर्षदेखि कटेज सञ्चालन गरिएको थियो ।


कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालीएका माछा प्राङ्गारीक रुपमा उत्पादन गरिएको चामल, ढिडो, तरकारी, लोकल कुखुरा, खसीको परिकारको बिक्रीका साथै होमस्टे सुबिधा रहेको छ ।
कटेजले छिट्टै थप एक करोडे लागतमा स्वीमीङ पुल, सभाहल र सुबिधायुक्त कोठा सहितको रिसोर्ट सञ्चालनको तयारी गरेको सञ्चालक पौडेलले बताए ।
स्थानीय कृषि उपजको खपत, बजारीकरण, रोजगारी सिर्जना र ग्रामिण पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कटेज सञ्चालन गरिएको हो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l