नेइमारको गोलमा पिएसजीको जित

  • २८ माघ २०७४, आईतवार
  • 2367 पटक पढिएको

लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले टुलुजलाई हराउँदै लिगमा १२ अंकको अग्रता कायमै राखेको छ।

फ्रेन्च लिग वान फुटबलको अन्तर्गत शनिबार राति भएको खेलमा टूलुजलाई १–० ले हराउँने क्रममा नेइमारको गोल निर्णायक रह्यो।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६८ औँ मिनेटमा नेइमारले गरेको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।

नेइमारले पिएसजीबाट लिग वानमा अहिलेसम्म १९ गोल गरेका छन् भने सबै प्रतियोगितामा पिएसजीबाट २७ गोल गरेका छन्। उनी लिग वानमा एडिसन काभानी भन्दा एक गोलले पछि परेका छन्।

जितपछि शीर्षस्थानको पिएसजीको २५ खेलबाट ६५ अंक भएको छ ।

लिग अन्तर्गत राति नै भएको खेलमा एन्जर्सलाई ४–० ले हराएको मोनाको दोस्रो स्थानमा उक्लिएको छ । उसको ५३ अंक भएको छ । ५२ अंक रहेको मार्सेइली तेस्रो स्थानमा झरेको छ । पिएसजीले आउँदो बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।

source: setopati