प्रेस चौतारि नेपालको २० औँ स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण

  • २२ माघ २०७४, सोमबार
  • धिरन खत्री
  • 2927 पटक पढिएको

म्याग्दी, २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले २० औ स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ । प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरि स्थापना दिवस मनाएको हो ।

दिवसको अवसरमा आयोजित फलफूल वितरण गर्दै जिल्ला समन्वय समितिका सभापति देवेन्द्र बहादुर केसीले स्थापना दिवस देखि प्रेस चौतारी नेपालले गर्दै आएको राम्रा कामलाई निरन्तरता दिने वातावरण सिर्जना गर्न जिल्ला शाखा म्याग्दी प्रतिवद्ध रहनुपर्ने सुझाव दिनुभएको थियो । सबै नागरिकले सूचना पाउने अधिकार भएको हुदाँ सत्य र निष्पक्ष सूचना तथा समाचार प्रशासरण गर्ने संचारमाध्यको कतव्र्य भएको हुदाँ यसको भुमिका संचारकर्मी एवम् पत्रकारले निर्वाह गर्नुपर्ने बताउनभयो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, जिल्ला अस्पताल म्याग्दीका अध्यक्ष माधवप्रसाद रेग्मी, डा. रोशन न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता तथा शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन कोषाध्यक्ष अमित विश्वकर्माले गर्नुभएको थियो । सो कार्यक्रममा जिल्ला कार्यरत संचारकर्मी एवम् पत्रकारको उपस्थित भएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l