म्याग्दी जेसीजको अध्यक्षमा कमल विश्वकर्मा

  • २० माघ २०७४, शनिबार
  • 2088 पटक पढिएको

म्याग्दी । म्याग्दीको जेसीजको वर्ष २०१८ का लागि शाखा अध्यक्ष पदमा कमल विश्वकर्मा निर्वाचित भएका छन् । शनिबार बेनी सम्पन्न १९ औं साधारणसभा तथा शाखा अधिवेशनले विश्वकर्माको अध्यक्षतामा नयाँ कार्य समितिले चयन गरेको हो । वर्ष २०१७ का शाखा अध्यक्ष नारायण कुमार बरालको अध्यक्षतामा सम्पन्न अधिवेशनले कार्यकारीणी उपाध्यक्षमा खम थापा र भरत बहादुर रकाललाई निर्वाचित गरेको छ । त्यसैगरी शाखाको उपाध्यक्षमा सन्दीप खत्री, अर्जुन पौडेल, भिमनाथ शर्मा र दिनेश बानियाँ निर्वाचित भएको निर्वाचन आयुक्त तथा निवर्तमान शाखा अध्यक्ष भिमसेन बराईलीले जानकारी दिए ।

अध्यक्ष पदमा कमल विश्वकर्मा, नकुल ढकाल र सुशिल थकालीको उम्मेदवारी परेपनि अन्ततः ढकाल र थकालीले समर्थन गरेपछि विश्वकर्मा सर्वसम्मत भएका हुन । २००९ बाट म्याग्दी जेसीजमा प्रवेश गरेका कमल विश्वकर्मा उपाध्यक्ष हुँदै कार्यकारी उपाध्यक्ष बनेका थिए ।  त्यसैगरी अधिवेशनले कानुनी सल्लाहकारमा निवर्तमान अध्यक्ष भिमसेन बराईली, निवर्तमान अध्यक्षमा नारायण कुमार बरालवरिष्ठ कार्यकारीणी उपाध्यक्षमा शैलेश श्रेष्ठ, महासचिवमा विरेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा सुजन बरुवाल, शाखा सम्पादकमा भुपेन बानियाँ, सह सचिवमा सुमन बानियाँ, सह–कोषाध्यक्षमा विष्मा श्रेष्ठ, तालिम संयोजकमा निर्मल खत्रीलाई मनोनित गरेको छ । त्यसै बोर्ड अफ ट्रस्टीजको अध्यक्षमा जेसीआई सिनेटर रमेशकुमार श्रेष्ठ, पूर्व अध्यक्ष क्लवको अध्यक्षमा पूर्व अध्यक्ष विजयकुमार श्रेष्ठ निर्वाचित भएको निर्वाचत आयुक्त बराईलीले जानकारी दिए ।

नव निर्वाचित पदाधिकारीलाई पूर्व अध्यक्षहरुको तर्फबाट संस्थापक अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै नव निर्वाचित अध्यक्ष विश्वकर्माले जेसीजको लोकप्रियता बढाउन र संस्थाको गरिमा बृद्धि गर्नका लागि नयाँ योजनाका साथ अगाडि बढ्न बताए । कार्यक्रममा पूर्व अध्यक्ष इश्वर श्रेष्ठ, सुविन श्रेष्ठ, विनय श्रेष्ठ, नवराज पौडेल लगायतको सहभागीता रहेको थियो ।