नरमायाँले गरिन जिबन रक्षाको अपिल

  • १९ माघ २०७४, शुक्रबार
  • 1633 पटक पढिएको

म्याग्दी, १९ माघ । रघुगंगा गाउँपालिका १ बेगमा सुकुम्वासी बस्तीमा बस्तै आएकी नरमायाँ तिलिजाले अस्पतालको शैयाबाट जिबन रक्षाको अपिल गरेकी छिन । दुई सन्तानकी आमा बनेकी नरमायाँले आफु २५ वर्षको उमेर छदा नै श्रीमान कर्ण बहादुर तिलिजालाई गुमाईकी थिईन । त्यो पिडा त छ दै छ आफ्नो केही नभएकी तिलिजा जेला मजदुरी गर्दै घर खर्च आफ्ना दुई सन्तानको पठनपाठन गराउदै आएकी थिईन ।

ज्याला मजदुरीकै क्रममा गत तिन गतेका दिनमा रुखमा घासाँ काट्ने क्रममा खसेर मेरुदण्ड भाचिँएको छाती र कोखमा ठुलो चोट परेकाले हाल मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराई राखेकी नरमायाँले आफ्ना दुई छोराहरुको लागि भए पनि आफ्नो जिबन रक्षाको लागि अपिल गरेको नरमायाँको बहिनी आषिका पुर्जाले बताईन ।दीदिको लागि आफुले सक्ने जति गरे अझै धेरै खर्च लाग्ने भएपछि देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुको सहयोगको अपेक्षा गरेको पुजाले बताईन ।

अस्पतालले छाती कोखो र मेरुदण्डको जटिल अप्रेसन गर्नुपर्ने बताएपछि उनि झन ठुलो पिडामा परेकी छन ज्याला मजदुरी गरि साना साना काम र छाक टार्ने गरेकी नरमायाँलाई अप्रेसनको कुराले निकै ठुलो पिडा दिएको छ । उनका एक १८ वर्षिय अर्को १६ वर्षिय दुई छोरा रहेका छन । आमालाई उपचार गराउनको लागि उनीहरुले सहयोगको अपिल गरेका छन