धौलागिरी गाउँपालीकाको लघुउद्यम रणनिती तयार

  • १६ माघ २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 1758 पटक पढिएको

म्याग्दी, १६ माघ । म्याग्दीको धौलागिरी गाउँपालीकाले पञ्चवर्षीय लघुउद्यम विकास रणनितीको मस्यौदा तयार पारेको छ ।स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधनको परिचालन, परम्परागत सिप र प्रबिधिलाई आधुनिकीकरण गरि रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नका लागि पञ्चवर्षिय रणनिती तयार पार्न लागेको हो ।

गाउँपालीकाको आर्थिक सहयोगमा उघुउद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधन, सिप र प्रबिधिको अध्ययन गरेर रणनितीको प्रारम्भिक मस्यौदा तयार पारेर मंगलबार प्रस्तुत गरेका कार्यपालीकाका प्रबत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको कार्यक्रममा मेडेपका बजार बिशेषज्ञ रजनी थापाले रणनीतिको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी कार्यपालीका सदस्य, वडा अध्यक्ष, विषयगत कार्यालयका प्रतिनिधि र उद्यमीहरुको सुझावको आधारमा परिमार्जन गरी माघ २८ गतेभित्र रणनितीलाई पुर्णता दिइने भएको छ ।

धौलागिरी गाउँपालीकामा कृषि, पशुपालन, जडिवुटी खेती, खानी तथा वन जन्य, पर्यटनसंग सम्बन्धित उद्यमको सम्भावनालाई ब्यवहारमा उतार्नका लागि समुदायलाई सिपमुलक तालीम, प्रबिधि र बजारीकरणमा सघाउने रणनीती बनाइएको छ ।

 

 

सन्तोष गौतम