ज्ञानोदय माविमा बक्तृत्वकला प्रतियोगिता

  • १६ माघ २०७४, मंगलवार
  • 1553 पटक पढिएको

म्याग्दी, १६ माघ । रघुगंगा गाउँपालीका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा मंगलबार विकासको मुल आधार स्थाई सरकार भन्ने शिर्षकमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयमा गठन भएको प्रगतिशिल बाल कल्वको आयोजनामा भएको प्रतियोगितामा रघुगंगा माविकी प्रतिभा शर्मा प्रथम, मुक्तिधाम माविका अनुपन केसी दितृय, ज्ञानोदय माविका विशाल बिक र रघुगंगा माविका अनिसा कार्की तितृय भएका छन् ।

यसैगरी जनता माविकी अर्बिना पुर्जा सान्तवना भएकी छिन् । बाल कल्वका अध्यक्ष भाष्कर बिकको अध्यक्षता, डोल्मा पटेलको स्वागत र शिक्षक आकृती सुवेदीको सञ्चालन तथा प्रअ निलकण्ठ सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको शिक्षक नायक सरस्वती सुवेदीले जानकारी दिनुभयो ।