बालमन्दिर आधारभुत विद्यालयको विविध कार्यक्रम
- १० माघ २०७४, बुधबार
- 2163 पटक पढिएको
म्याग्दी, १० माघ । बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयले वृहत शैक्षिक सामाग्री प्रर्दशन, शिक्षक अनुभव आदन प्रदान कार्यक्रम समापन साथै अर्धवार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण बराईली, स्रोत व्यक्ति मोहन बानियाँ, वेष्ट प्वाईन्ट संचालक समितिका अध्यक्ष शिबकुमार श्रेष्ठ, विद्यार्थीको तर्फबाट कक्षा ७ की कमला शर्माले मन्तव्य राख्नुभएको थियो ।
प्रअ सुरेन्द्रप्रसाद केसीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक गंगा बहादुर खत्रीले गर्नुभएको थियो । कार्यक्रममा बालमन्दिर आधारभूत विद्यालयका प्र.अ. सुरेन्द्र प्रसाद केसी ले विद्यालयको समग्र गतिवीधी बताउनुका साथै वेष्ट प्वाइन्ट विद्यालयले पु¥याएको सहयोग प्रति आभारी रहेको बताउनुभयो ।
वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय संचालक समितीका अध्यक्ष शिवकुमार श्रेष्ठले रजत वर्षको अवसरमा संचालन गरेको विभिन्न विद्याको कार्यक्रम मध्ये बालमन्दिर सँगको सहकार्य सबैभन्दा उत्कृष्ट भएको बताउनुभयो ।
सोही अवसरमा वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको रजत वर्षको अवसरमा शिक्षक अनुभव आदान प्रदानमा सहजकर्ताको भुमिका निर्वाह गर्ने वेष्ट प्वाईन्टका शिक्षक आशा रोका र थरमाया पुनलाई पंशसा पत्रले सम्मान गरिएको थियो र विद्यालयलाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो भने उक्त कार्यक्रमका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।