अनेरास्ववियु म्याग्दीद्धारा अपांगता भएका बालबालिकालाई न्यानो कपडा वितरण
- ८ माघ २०७४, सोमबार
- 3759 पटक पढिएको
म्याग्दी, ८ माघ । एमाले निकट अनेरास्ववियु म्याग्दीले बाल जागृती आधारभुत बिधालयमा अध्यनरत २२ जना बौद्धिक अपाङ्गता भयका बिद्यार्थी लाई न्यानो कपडा वितरण गरेको छ । श्रीपन्चमी अर्थात सरस्वती पुजाको दिन अनेरास्ववियूले रु १० हजार बराबरको न्यानो कपडा बितरण गरेको जनाएको छ। बेनिका विभिन्न फेन्सी पसल हरुमा स्विइटर, ज्याकेट, टोपी लगायतका न्यानो कपडा सहयोग उठायर सोमबार बितरण गरियको हो।
कार्यक्रम मा बोल्दै अनेरास्ववियु केन्द्रिय सदस्य प्रकाश पौडेलले र अनेरास्ववियु जिल्ला अध्यक्ष सुवास बिकले जाडोमा न्यानो कपडाको अभाब खेपेका अपांगता भएका बालबालिकाहरुको सहजताको लागि न्यानो कपडाले राहत पुग्ने बताउँदै बालबालिकाहरुलाई जाडोबाट बचाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्र.अ भक्त कार्किले अनेरास्ववियु को सहयोगले बालबालिकाहरुलाई राहत मिलेको भन्दै धन्यवाद ब्यक्त गर्नु भयको थियो। कार्यक्रम अनेरास्ववियु म्याग्दिका अध्यक्ष सुबास बिकको अध्यक्षता, केन्द्रिय सदस्य प्रकाश पौडेलको प्रमुख, प्र.अ भक्त कार्किको बिशिष्ट आतिथ्यता र अनेरास्ववियु जिल्ला कोषाध्यक्ष दर्पण रोकाको सन्चालनमा कार्यक्रम सम्पन्न भयको थियो।