घार स्वास्थ्य चौकी भवनको शिलन्यास
- ८ माघ २०७४, सोमबार
- 2356 पटक पढिएको
म्याग्दी, ८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारमा स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण प्रसाद बरुवाल, जग्गादाता रुपा बरुवाल र गोविन्द खड्काले संयुक्त रुपमा भवनको शिलन्यास गर्नुभएको हो ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठकराज बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरुवालले भवन अभाबको समस्या भईरहेको अवस्थामा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनलाई समयमै निर्माण सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।
भवन डिभिजन कार्यालय मार्फत रु रु १ करोड ५६ लाख लागतमा आधुनिक पूर्वाधार सहितको निर्माण हुन लागेको स्वास्थ्य चौकी भवन आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न हुने वडा कार्यालयले जनाएको छ ।
भवन निर्माणको लागि जग्गादाता रुपा बरुवाल र गोविन्द खड्काको परिवारले एक÷एक रोपनी जग्गा दान गरेका थिए भने थप २ रोपनी जग्गा समुदायले चन्दा संकलन गरि खरिद गरेका हुन् ।
सो भवन निर्माणको ठेक्का आचार्य निर्माण सेवाले पाएको जनाईएको छ । अहिले भवन अभाबमा वडा कार्यालयको एउटा कोठबाट सञ्चालन हुँदै आएको यस भवन निर्माण सम्पन्न भएमा सहज रुपमा स्वाथ्य सेवा लिन सर्वसाधारणलाई सुविधा पुग्नेछ ।