म्याग्दीलाई साक्षर जिल्ला घोषणा (फोटो फिचर)

  • ८ माघ २०७४, सोमबार
  • कमल खत्री
  • 1985 पटक पढिएको

म्याग्दी, ८ माघ ।म्याग्दीलाई आज साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या मध्ये ९६ दशमलब २७ प्रतिशत नागरीक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला अनौपचारिक शिक्षा समिति एवम् जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहका बिच प्रतिनिधि सभाका साँसद भुपेन्द्र बहादुर थापाले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्नुभयो ।

बाजागाजा सहित सरोकारवालाहरुको बृहत ¥यालीले बेनी बजार परिक्रममा पश्चात आयोजित समारोहमा प्रमुख अतिथि साँसद थापाले अन्र्तराष्ट्रिय मापदण्ड अनुसार म्याग्दीलाई साक्षर जिल्ला घोषणा गरिएको बताउँदै शिक्षा क्षेत्रमा जिल्लामा आएको उपलब्धीले यहाँको हरेक क्षेत्रमा सकरात्मक सन्देश दिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अनौपचारिक शिक्षा समितिका संयोजक एवम जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाका ४५ वटै वडा र ६ वटा स्थानीय तह साक्षर बनेपछि सिंगो जिल्लालाई साक्षर जिल्लाको रुपमा घोषणा गरिएको बताउँदै नवसाक्षरको सिकाई उपलब्धी बढाउन र बाँकी रहेका निरक्षरलाई साक्षर बनाउनका लागि कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।

म्याग्दी नेपालको ३९ औँ जिल्लाको रुपमा साक्षर जिल्ला घोषणा भएको हो । सो अबसरमा शिक्षा मन्त्रालय अन्र्तगतको अनौपचारिक शिक्षा केन्द्रले साक्षर जिल्ला घोषणा गर्न सफल भएकोमा जिल्ला शिक्षा कार्यालयलाई प्रसंसापत्र प्रदान गरिएको थियो ।जिल्ला शिक्षा कार्यालयले गरेको घरधुरी सर्वेक्षणको तथ्याङ्क अनुसार म्याग्दीमा १६ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८२६ जनसंख्या मध्य ७९ हजार ७३९ जना नागरीक साक्षर बनेको पाईएको हो ।

लक्षित समुदायका ९५ प्रतिशत भन्दा बढी नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने व्यवस्था अनुसार म्याग्दीलाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले कार्यक्रममा जानकारी गराउनुभएको थियो । वि.स २०६६ देखि निरक्षरलाई साक्षर बनाउन जिल्लामा सामुदायिक शिकाई केन्द्र, अनौपचारिक पौढ विद्यालय, खुला विद्यालय लगायतको माध्ययमबाट साक्षरता कक्षा सञ्चालन हुदै आएको छ ।

साक्षर जिल्ला घोषणा पश्चात सामान्य साक्षर भएकाको थप सिकाई र निरन्तर शिक्षकाईका लागि कार्यक्रम सञ्चालन हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । घोषणा कार्यक्रममा सहभागी जिल्ला स्थित जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायतले साक्षर जिल्ला घोषणालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यद्धय नरदेवी पुन र विनोद केसीले शिक्षा समाज परिवर्तन संगै व्यक्तिको जिवनस्तर सुधारमा प्रमुख आधार भएकाले साक्षर जिल्ला घोषणालाई व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, बेनी नगरप्रमखु हरिकुमार श्रेष्ठ, पूर्व साँसद रेशम बानियाँ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सदस्य माधव रेग्मी, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल, पर्वतका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल , धौलागिरि गाउँपालिका प्रमुख थमसरा पुन, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष जयराम सुवेदी, धौलागिरि मावि सिंगाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्णबहादुर खड्का, बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठ, गैसस महासंघका जिल्ला अध्यक्ष हरि पौडेल, नेपाल पत्रकार महासंघका जिल्ला सचिब गोरखनाथ सुवेदी, नवसाक्षरको तर्फबाट डोलकुमारी पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले जिल्लालाई साक्षर घोषणामा सहयोग पु¥याएको भन्दै जिल्लामा रहेका स्थानीय तह, सामुदायिक शिकाई केन्द्र, विभिन्न संघ संस्था तथा ¥यालीमा सहभागी विद्यालयहरुलाई प्रसंसापत्रद्धारा सम्मान गरेको थियो । जिल्ला अनौपचारिक शिक्षा समितिका संयोजक देवेन्द्र बहादुर केसीको अध्यक्षता, विद्यालय निरिक्षक दलबहादुर थापाको स्वागत र विश्वप्रकाश रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l