बेनीमा योग दिवस मनाइयो

  • १ माघ २०७४, सोमबार
  • 2549 पटक पढिएको

बेनी १ माघ । बेनीमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । बेनी नगरपालीका, आयुर्वेद कार्यालय र नविन आनन्द योग केन्द्रको आयोजनामा योग दिवस मनाइएको हो । बेनी बजारमा ¥यालीका साथै औपचारीक समारोह गरिएको थियो ।


कार्यक्रममा प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य नरदेवी पुन र बिनोद केसीले स्वस्थ्य रहनका लागि योगको महत्व रहेको बताउनुभयो । उहाँहरुले स्वस्थ्य खानपान र जिवनशैली अपनाउनुका साथै नियमित योग गरेमा रोगबाट बच्न तथा तनावबाट मुक्ति पाईने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, सहायक वन अधिकृत चन्द्रमणी सापकोटा र नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले स्वस्थ्य रहनका लागि योग गर्न आग्रह गर्नुभयो ।

बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, नविन आनन्द योग केन्द्रका ओमकुमारी फगामीको स्वागत र हरिप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । योग प्रशिक्षकहरुले योगकला प्रस्तुत गर्नुभएको थियो ।