समृद्धिका लागि सहकारीको प्रवद्र्धन आवश्यक छ : जि.सी.

  • २८ पुष २०७४, शुक्रबार
  • सुवास गौत
  • 2081 पटक पढिएको

मबागलुङ, पुष २७ गते । राष्ट्रिय सहकारी बैकका सञ्चालक राम बहादुर जि.सी.ले देशको स्रोत साधनलाई उपयोग गरी आर्थिक विकासका लागि सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्ने खालको कार्ययोजना बनाउन स्थानीय तहलाई आग्रह गर्नु भएको छ ।   रामरेखा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बानपा १ रामरेखाको १३ औं वार्षिक साधारण सभाको उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।

आयातित वस्तुको प्रयोगले जनताको स्वास्थ्य र पैसा दुवैमा क्षति पुगेको भन्दै जिसीले जनताको जीवन स्वस्थ बनाउन र उनीहरुसंग भएको पूँजिलाई जोगाएर उद्यमशिलतामा लगानी गर्नका लागि स्थानीय स्रोतको अधिकतम परिचालनमा उहाँले जोड दिनुभयो ।

सहकारीका सदस्यहरुले सानो सानो पूँजि जम्मा गरेर धेरै ठुला र दीर्घकालिन महत्वका कार्यहरु गरेको चर्चा गर्दै जिसीले सहकारीको कामको मूल्यांकन अझै हुन नसकेको बताउनुभयो ।   महिलाहरुले सञ्चालन गरेका सहकारीहरुले वित्तीय साक्षरतासंगै महिलाहरुको नेतृत्व विकास, क्षमता विकास र समावेशी भावनाको समेत विकास गरेको जिसीको भनाइ थियो ।

कार्यक्रममा संस्थाका संरक्षक बद्री प्रसाद शर्मा, कानुनी सल्लाहकार राजु प्रसाद गौतम, सामुदायीक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा आचार्य, सल्लाहकार धर्मदत्त सापकोटा, रामरेखा आधारभुत विद्यालयका प्रधानाध्यापक धन कुमारी के.सी., समाजसेवी कृष्ण प्रसाद शर्मा,  रमेशानन्द गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।     साधारणसभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष कोपिला बोहरा तथा प्रगति प्रतिवेदन सचिव सरस्वती शर्माले गर्नु भएको थियो ।

संस्थाले आर्थिक वर्ष ०७३÷७४ मा १ करोड ६८ लाख ६१ हजार, ५  सय ४३ रुयौयाको कारोवार गरेको थियो ।   कार्यक्रम संस्थाका अध्यक्ष गिता शर्माको अध्यक्षता, उपाध्यक्ष दुर्गा देवी शर्माको स्वागत तथा सचिव सरस्वती शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभावाट गीता शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा उपाध्यक्षमा दुर्गा देवी शर्मा, सचिवमा सरस्वती शर्मा, कोषाध्यक्षमा लक्ष्मी बोहरा रहनु भएको छ । समितिका सदस्यहरुमा गिता देवी आचार्य, सेती उपाध्याय, शान्ति के.सी., सीता शर्मा, ज्ञानु पाठक, सन्तु रिमाल शर्मा र जमुना थापा मगर रहनु भएको छ ।   यसैगरी प्रतिमा विक संयोजक तथा मनकुमारी शर्मा र धनकुमारी नेपाली सदस्य रहेको लेखा समिति चयन भएको संस्थाले जनाएको छ ।

सुवास गौत