भोलि देखि सुरु हृुने म्याग्दी महोत्सवको उद्घाटन पुर्वप्रधानमन्त्री प्रचण्डले गर्ने
- २७ पुष २०७४, बिहीबार
- धिरन खत्री
- 3499 पटक पढिएको
म्याग्दी, २७ पुष । भोलि देखि सुरु हुने म्याग्दी महोत्सवको उद्घाट्न पुर्वप्रधानमन्त्री प्रचण्डले गर्ने भएका छन् । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको उद्घाटन पुर्वप्रधामन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने भएका हुन् ।
म्याग्दीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवको पुस २८ गते हुने उद्घाटन कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले भएका हुन ।
प्रचण्डको निजि सचिबालय संग समन्वय गरि दिउँसो १ बजे महोत्सवको उद्घाटन गर्ने गरि समय समेत तय भईसकेको छ । प्रचण्ड हेलीकप्टर मार्फत बेनीमा आउनुहुने म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ । विहान साढे १० बजेदेखि बेनीमा विभिन्न जातजातीको पहिचान झल्कने झाँकी सहितको ¥याली पश्चात दिउँसो १ बजे महोत्सव स्थल खुलामञ्चमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले औपचारीक रुपमा महोत्सवको उद्घाटन गर्नुहुने संघले जनाएको छ ।
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने लागेको छैटौँ म्याग्दी महोत्सवको तयारी पुरा भएको छ । यही पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको तयारी पुरा भएको हो । महोत्सवको लागि गठन भएका सम्पूर्ण उपसमितिहरुले आ–आफ्नो तयारीलाई अन्तिम चरणमा पुगेको बताएका छन् । मञ्च ब्यवस्थापन, बजार सजावट र सरसफाईको काम पुरा भएको महोत्सव बजार सरसफाई ब्यवस्थापन समितिका अध्यक्ष गोपाल पौडेलले जानकारी दिए ।
स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा म्याग्दीको हरेक क्षेत्रलाई समेटेर फोटो पर्दशनी समेत समावेश गरिएको छ ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने र करीब छ करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा करिब १ करोड रुपैयाँ आर्थिक संकलन गर्ने संघको लक्ष्य रहेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका संघका कोषाध्यक्ष अमित बानियाँले बताए ।
महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । महोत्सवमा चालीस लाख रुपैया बराबरको टिकट बिक्री गर्ने लक्ष्य राखिएको छ ।
म्याग्दीका पर्यटकीय स्थलहरुको तस्वीर समावेश गरी त्यस स्थानको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने योजना बताइएको छ । महोत्सवमा लोक दोहोरी, पुरुष महिला भलिबल, बास्केटबल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l