माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा भण्डारी चयन

  • २६ पुष २०७४, बुधबार
  • 2837 पटक पढिएको

म्याग्दी, २६ पुस । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिकाको अध्यक्षमा हरि भण्डारी चयन हुनुभएको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटिको प्रथम सम्मेलनले भण्डारीको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

सम्मेलनबाट उपाध्यक्षमा पदम शेरपुञ्जा, सचिब तारा शाही, कोषाध्यक्षमा घनश्याम परियार, सहसचिबमा शिबकुमारी शाही चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा गोविन्द रिजाल, तुलबहादुर गर्वुजा, भक्तबहादुर चन्द, नरबहादुर भण्डारी, जसकुमार गर्वुजा, हिमकुमार गर्वुजा, बलबहादुर विक, करण भण्डारी, कृष्ण मल्ल, सञ्जय शर्मा, श्रीकृष्ण रिजाल लगायत चयन हुनुभएको छ ।

????????????????????????????????????

त्यसैगरि सोही सम्मेलनबाट शालिकराम रिजालको संयोजकत्वमा पारबहादुर विक, टेकबहादुर पुर्जा लगायत सदस्य रहनुभएको सल्लाहकार समिति समेत चयन गरिएको छ । माओवादी केन्द्र गाउँपालिका सम्मेलन आयोजक समितिका अध्यक्ष रिम कटुवालको अध्यक्षतामा भएको सो सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले हालै सम्पन्न भएका निर्वाचनहरुले माओवादीले उठाएका संघियता र समावेशीताको मुद्धाहरुलाई कार्यान्वयनमा लगेको बताउँदै माओवादीको एजेण्डामा मुलुक अगाडी बढेको बताउनुभयो ।

????????????????????????????????????

उहाँले नेपालमा कम्युनिष्टले उठाएका एजेण्डाहरुलाई कार्यान्वयन गर्दै गरिब, दलीत, विपन्न र सर्वाहरा बर्गको अधिकार स्थापित गराउन दुई ठुला पार्टी एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुन लागेको बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्र रघुगंगा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका भण्डारीले गाउँपालिकामा पार्टीको संगठन विस्तार र बलियो बनाउनका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

????????????????????????????????????

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता चन्द्रबहादुर घिमिरे, इन्द्रबहादुर मगर, शालिकराम रिजाल, प्रेश सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री लगायतले मन्तव्य राख्नुभएको थियो । श्रीकृष्ण रिजालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सञ्जय शर्माले गर्नुभएको थियो ।

????????????????????????????????????