दग्नाम बैदेशिक सहयोग समिति बहराइनद्धारा करुणा बचाउ अभियानमा ८० हजार सहयोग

  • २६ पुष २०७४, बुधबार
  • धिरन खत्री
  • 2614 पटक पढिएको

म्याग्दी २६ पुष । दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्धारा करुणा बचाउ अभियानमा ८० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । रोजगारको शिलशिलामा बहराईन रहेको दग्नामबासीहरुबाट संकलन गरिएको सो रकम समितिले बुधबार ओम कुमारी शान्ति कोषलाई हस्तान्तरण गरेको छ ।


ओमकुमारी शान्ति कोषले आयोजना गरेको स्वागत कार्यक्रममा दग्नाम बैदेशिक सहयोग समिति बहराईनका अध्यक्ष शुशिल गुवर्जा र सल्लाकार लेसबहादुर बुद्धुजाले सो रकम ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरेका हुन् ।

 

समितिले आफ्नै गाउँको बहिनीलाई सो समस्या भएपछि रोजगारको शिलशिलामा बहराईनमा रहेको दग्नामबासीले सो रकम संकलन गरिएको समितिका अध्यक्ष शुशिल गर्वुजाले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर रहेकी रघुगंगा गाउँपालिका वडा ४ दग्नाम निवासी १५ बर्षिय करुणा गर्वुजाको टाउकाको क्यान्सर भएको थियो । क्यान्सर पिडित अरुणाको उपचारका लागि ओमकुमारी शान्ति कोषले करुणा बचाउ अभियान थालेको थियो । करुणाको काठमाण्डौ क्यान्सर सेन्टर अस्पतालमा उपचार भईरहेको छ ।

ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव लोकेश पुन मगरको संचालनमा भएको स्वागत तथा सहयोग हस्तान्तरण कार्यक्रममा दग्नाम बैदेशिक सहयोग समितिका अध्यक्ष शुशिल गुर्वजा र सल्लाकार लेसबहादुर बुद्धुजालाई कोषले सम्मान गरेको थियो ।

 

 

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l