अन्नपुर्ण प्राविको पुर्ननिमार्णका लागि बेल्जियममा रहेका राखुबासीबाट सहयोग

  • २२ फाल्गुन २०७३, आईतवार
  • धिरन खत्री
  • 3288 पटक पढिएको

म्याग्दी,२२ फागुन ।  म्याग्दीको राखुभगवती  ८ सिजलगाँउमा रहेका अन्नपुर्ण प्राविको भवन पुर्ननिर्माणको लागि बेल्जियमा रहेका राखुबासीबाट सहयोग प्राप्त भएको छ। बेल्जियमा रहेका राखुबासीको सक्रियतामा उठेको रकम १ लाख ३३ हजार आइतबार  मोना आईसीसी युरोपका उपाध्यक्ष राजेन्द्र कार्कीले विद्यालयका प्रअ डेकबहादुर भण्डारी र विद्यालय ब्यवस्थापनका अध्यक्ष अर्जुन भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो ।

 annpurna scl
उक्त रकम हस्तान्तरण गर्दै  राजेन्द्र कार्कीले विद्यालयको भौतिक शैक्षिक गुणस्तर निर्माणका लागि  आगामी दिनहरुमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यस्तै विद्यालयका प्रअ डेकबहादुर भण्डारीले  भुकम्प र अभिरल बर्षाले  विद्यालयको भौतिक संरचना भत्किएको हुँदा विद्यालयको भवन पुर्ननिर्माणको लागि राखुबासी तथा भुतपुर्व विधार्थी र अन्य सघंसस्थालाई  सहयोग गरिदिनुहनु आग्रह गर्नुभएको थियो ।

annp scl 2
गत बर्षको भुकम्प र असारको अभिरल बर्षाले जिर्ण भएको  विद्यालयको पाचकोठे भवन निर्माण गर्नका लागि सरकारी क्षेत्रबाट आएको रकम अपुग भएकोले अन्य क्षेत्रबाट आर्थिक सहयोगको अपिल गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताउनुभयो  । अहिले विद्यालयको पठनपाठन नजिकै रहेका आरसिसिपि भवनमा गर्दै आएपनि भौतिक संरचना सागुरो हुदाँ विद्यार्थीलाई सास्तीपुर्ण भएको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l