जाडोमा माछाको सुप खाँदै हुनुहुन्छ ! हेर्नुस यसरी खेल्छन म्याग्दीखोलामा बल्छी ! (भिडियो सहित)
- २२ पुष २०७४, शनिबार
- 2907 पटक पढिएको
म्याग्दी, २२ पुस । बेनी नगरपालिका–४ तातोपानी बजारमा अहिले म्याग्दी खोलाको माछाको माग उच्च छ । चिसो याममा तातोपानी कुण्डमा डुबेर स्नान गर्ने र तातो माछाको सुप खान आउनेहरुको संख्या बढेको तातोपानी स्थित हिमालयन गेष्ट हाउसका सञ्चालक कुमार केसीले बताउनुभयो । म्याग्दी खोलामा तातोपानी र बरंजा तर्फका केही व्यक्तिहरुले दैनिक रुपमा बल्छि थापेर माछा मार्दै आएका छन् ।
उनीहरले प्रतिकिलो रु १ हजारमा तातोपानीका होटल व्यवसायिहरुलाई माछा वेच्ने गर्छन् । माछाको अर्डर बढी आउने गरेपनि माछाको माग पु¥याउन होटल व्यवसायीलाई कठिन हुने गरेको छ ।
म्याग्दी खोलामा उत्पादन हुने माछाको स्वाद चाख्न बेनी लगायतका ठाउँबाट दैनिक रुपमा मानिसहरु तातोपानी पुग्ने गर्छन् । पुस महिनाको चिसो याममा पनि उनीहरु खोलाको बिचभागसम्म शरिरको आधा भाग डुबाएर माछा मार्ने काममा तल्लिन देखिन्छन् ।