रघुगंगा गाउँपालिकाको केन्द्रको माग गर्दै गरिएको आन्दोलन स्थगित

  • २१ फाल्गुन २०७३, शनिबार
  • कमल खत्री
  • 3084 पटक पढिएको

म्याग्दी, २१ फागुन । म्याग्दीमा प्रस्तावित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोक्न माग गर्दै स्थानीयले थालेको आन्दोलन स्थगित गरिएको छ । ८० प्रतिशत भन्दा बढी जनसंख्यालाई सास्ती हुने गरि स्थानीय तह पुनर्सरचना आयोगले अस्थायी केन्द्र तोकेपछि गाउँपालिकामा समाबेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसबासी बिगत चार दिनदेखि चरणबद्ध रुपमा आन्दोलीत बनेका थिए ।Andolan

शनिवार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको पहलमा भएको सर्वदलिय सर्वपक्षिय छलफलबाट जिल्ला स्थित राजनितीक दल, सरोकारवाला र आन्दोलनरत पक्षबिच तिन बुँदे सहमती भएपछि रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले आफ्ना आन्दोलनका सबै कार्यक्रम तत्कालको लागि स्थगित गरेको आन्दोलनरत पक्षका अगुवा बालकृष्ण सुवेदीले बताउनुभयो ।

17103735_1339378929441764_9186690141704566019_n

उहाँले आम नागरिकहरुलाई प्रशासनिक सुगमता र भौगोलिक अनुकुलता हुने गरि गाउँपालिकाको केन्द्र मौवाफाँटलाई बनाउन जिल्ला स्थित सरोकारवाला सहमत भई आबश्यक पहलका लागि काठमाण्डौ प्रस्थान गरेपछि तत्कालको लागि आन्दोलनलाई स्थगन गरिएको शनिवार साँझ आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सर्वदलिय सर्वपक्षिय छलफलका क्रममा जिल्लामा प्रस्तावित रघुगंगा गाउँपालिकामा समाबेश गाविसहरुलाई एउटै गाउँपालिका राख्दा सुविधा लिन सास्ती हुने र यसले समस्या सृजना गरेकाले यस गाउँपालिकालाई विभाजन गरि दुई वटा बनाउन प्रधानमन्त्री तथा विवाद समाधानको लागि गठीत मन्त्रीस्तरीय कार्यदललाई आग्रह गर्ने निर्णय गरेको आन्दोलनका अगुवा विनोद केसीले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रका सम्बन्धमा आन्दोलरत स्थानीयबासीका बास्तविक समस्याको यथोचित समाधानको लागि केन्द्र थप गर्न नसकेको अबस्थामा गाउँपालिकाको ८० प्रतिशत जनसंख्यालाई पायक पर्ने मौवाफाँटलाई केन्द्र बनाउन र अत्यन्तै कठिन एवम् विकट हिमाली भौगोलिक क्षेत्र तथा अल्पसंख्यक छन्त्याल तथा मगर आदीबासी जनजातीहरुको बसोबास रहेको झिँ, पाखापानी र कुईनेमंगले गाविसलाई विशेष संरक्षीत क्षेत्र वा स्वायत्त क्षेत्र कायम गर्ने निर्णय गरिएको छ ।

आन्दोलनरत पक्षसंग गरिएको सम्झौता कार्यान्वयनको लागि आबश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्थानीय विकास अधिकारी प्रेमराज गिरी लगायत जिल्लामा क्रियाशिल राजनितीक दलका प्रमुखहरु र साँसदहरुको टोलि शनिवार साँझ नै काठमाण्डौतर्फ प्रस्थान गरिसकेको छ । मौवाफाँटलाई गाउँपालिकाको केन्द्र बनाउन सहमती भएपछि गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले बिगत चार दिनदेखि बेनी–जोमसोम सडक खण्डको रघुगंगा गाउँपालिकामा पर्ने गलेश्वरदेखि बेगखोलासम्मको सडक अबरोध खुला गरिएको छ ।

मौवाफाँट केन्द्र तोक्नुपर्ने भन्दै यस अघि पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोलाबासीले जिल्ला निर्वाचन कार्यालय र जिल्ला विकास समितिमा चालबन्दि गरेका थिए भने बेनीमा बृहत जनसहभागितामा विरोध ¥याली समेत गरेका थिए । जिल्ला स्थित सरोकारवालासंग रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट बनाउन गरिएको सहमती कार्यान्वयन नभए पुन कडा आन्दोलनका कार्यक्रम गर्ने समितिले जनाएको छ । आन्दोलन समितिले बेनी–जोमसोम सडक खण्डमा गरेको चक्काजामलाई स्थगित गरेपछि आफ्ना मागहरु सम्बोधन नभएसम्म जिविसमा लगाएको तालाबन्दि भने यथावत राख्ने जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l