दुबै मृगौलापिडित मराङका गर्वुजाको जिबनरक्षाको लागि सहयोग गर्न अपिल

  • २१ फाल्गुन २०७३, शनिबार
  • हिरा बुढाथोकी
  • 6211 पटक पढिएको

म्याग्दी, २१ फागुन । म्याग्दीको मराङ–५ का ३६ बर्षिय मृगौला पिडित महेन्द्रबहादुर गर्वुजाको जिबनरक्षाको लागि आर्थिक सहयोग गर्न उनका घरपरिवारले अपिल गरेका छन् । दुबै मृगौलामा खराबी आएपछि हाल टिचिङ अस्पताल काठमाण्डौमा उपचाररत गर्वुजाको घरपरिवारको आर्थिक अबस्था कमजोर भएको र उपचारमा लाग्ने लाखौँ रुपैयाँ खर्च जुटाउन कठिनाई आएपछि उनका घरपरिवारले सक्दो सहयोग गरि पिडित गर्वुजाको उपचार गराउन आह्वान गरेका हुन् । Mergaula pedit
पिडित गर्वुजाकी श्रीमती हेमशरा गर्वुजाले आफ्नो श्रीमानको मृगौला पत्यारोपणको लागि करिब ८ लाख बढी खर्च लाग्ने बताउँदै उक्त रकम जुटाउन सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । ‘‘ दुई बर्ष अगाडि एउटा मृगौलाले काम गर्न छाडेपछि त्यसलाई निश्कृय पारेका थियौ, अहिले पुनः अर्को मृगौलाले पनि काम गर्न छाडेपछि समस्यामा परेका छाँै’’–गर्वुजाले भन्नुभयो ।
एउटा मृगौलाले काम नगरेपछि त्यसलाई अप्रेशन मार्फत झिकेर घरपरिवारको खर्च जुटाउन गर्वुजा रोजगारिको शिलसिलामा गत कात्तिकमा कतारमा पुगेका थिए । कतार पुगेको तिन महिनामै अर्को मृगौलाले समेत काम गर्न छाडेपछि गर्वुजा रित्तोहात घर फर्किन बाध्य भएका थिए ।

घरपरिवारमा अन्य कुनै पनि सदस्यको रोजगारि र व्यापार व्यवसाय नभएको र आर्थिक अबस्था कमजोर रहेकाले पिडित गर्वुजाको उपचारमा सहयोग गर्न मराङ गाविस कार्यालयले समेत सिफारिस मार्फत आह्वान गरेको छ । पिडित गर्वुजाको तिन छोरा र बृद्ध आमा बुबा रहेका छन् । ‘‘ अहिलेसम्म हामीलाई उहाँले नै पालनपोषण गर्दै आउनुभएको थियो, उहाँनै बिरामी भएपछि हाम्रो भविश्यनै अन्यौल बनेको छ,’’ मृगौला पिडित गर्वुजाकी श्रीमती हेमसराले थपिन

हिरा बुढाथोकी

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l