फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना दिवस मनाइयो

  • २० पुष २०७४, बिहीबार
  • 2005 पटक पढिएको

 

पर्वत, २० पुस । पर्वतको जलजला गाउँपालीका ४ मा रहेको फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना र अभिभावक दिवस बुधबार मनाइएको छ ।कार्यक्रममा गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायीक विद्यालयप्रति विश्वास बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयको गुणस्तर सुधार र सिकाई उपलब्धि वृद्धीमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालीकाका शिक्षा संयोजक गोविन्द खत्री, विद्याज्योती माविका स्रोत व्यक्ति सुभन्तनाथ सुवेदी, नेकपा एमाले पर्वतका प्रचारप्रसार संयोजक लालबहादुर अधिकारी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर बिकको अध्यक्षता र शिक्षक बलराम रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रअ गोपालप्रसाद आचार्यले शैक्षिक, आर्थिक, भौतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यार्थी संक्षिना हमाल र मनिष गिरीले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो भने विद्यार्थीहरुले गित र नृत्य प्रस्तुत गरेका थिए । ३० जना विद्यार्थीहरुलाई दलित कल्याण छात्रवृत्ती वितरण गरिएको थियो ।कार्यक्रममा खाजाको व्यवस्थाका लागि डम्मरबहादुर स्मृती कोषको ब्याजका साथै स्थानीय तिला हमाल र शुशिला हमालले एघारएघार सय रुपैया उपलब्ध गराउनुभएको थियो ।