सूटिङ हब बन्दै हिमालपारिको मुस्ताङ
- १४ पुष २०७४, शुक्रबार
- सुन्दर कुमार थकाली
- 2463 पटक पढिएको
पछिल्लो समय मुस्ताङमा नेपाली चलचित्र छायाँङ्कनको तिब्र होड चल्दै गएको छ ।जसले मुस्ताङलाई फिल्म हबको रुपमा सघाउ पू¥यायो ।यहाँ छायाङ्कन गरिएका करिव १ दर्जन सिनेमाको प्रभावले मुस्ताङ भ्रमण गर्ने पर्यटकमा थप क्रेज बढाईदियो ।जसका कारण फिल्म हेर्ने नेपाली दर्शकलाई एकपल्ट मुस्ताङ घुम्नै पर्ने बाध्य बनायो । मुस्ताङको बाह्रगाउँ मूक्तिक्षेत्र गाउँपालिका देखि थासाङ गाउँपालिकागरि ३ स्थानीयतहका बिभिन्न स्थानमा नेपाली चलचित्र छाँयाङ्कन गरिदै आएको पाईन्छ ।जसमा प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर,कागबेनी,जोमसोम,ढुम्बाताल,मार्फा,टुकुचे,कोवाङ र लेते आदी स्थान नेपाली सिनेकर्मीको रोजाई बनेको हो ।उपल्लो मुस्ताङमा भने भौगोलिक कठिनाईका कारण छायाङ्कन यूनिट पुग्ने अवस्था छैन ।यद्यपी नेपाली चलचित्र ड्रिम्स यूनिटले भने पहिलो पटक लोमान्थाङ पुगेरै छाँयाङ्कन गर्न भ्यायो ।उपल्लो मुस्ताङमा छाँयाङ्कन गरिदा चलचित्रको लागत बढ्ने भएकाले पनि उपल्लो मुस्ताङमा छाँयाङ्कन टोलि पुग्न नसकेका हुँन् ।जोमसोम देखि लोमान्थाङ करिव ९० किमी दुरी टाढा छ ।
जिल्लामा यातायातक्षेत्रको क्रमिक बिकासले गर्दा बिगत ५ वर्ष देखि मुस्ताङमा नेपाली चलचित्र छाँयाङ्कन गर्ने लहर सुरु भएको हो ।अहिले सम्मआईपुग्दा १ दर्जन नेपाली चलचित्रका साथै दर्जनौ म्यूजिक भिडियो छायाङ्कन भएको अनुमान छ ।यि चलचित्र र म्यूजिक भिडियो यूनिट मध्ये प्रायले ढुम्बाताल,कागबेनी र थासाङक्षेत्रको छाँयाङ्कन छुटाएका छैनन् ।ऐतिहाँसिक,धार्मिक र प्राकृतिक रोजाईमा महत्वपूर्ण गन्तब्य मानिने यि स्थान बिस्तारै छाँयाङ्कन हबमा परिणत हुँन थालेको जोमसोमका स्थानीय व्यवसायी बताउछन् ।माटोको सहरका रुपमा परिचित यहाँको फरक भूगोल छँदैछ ,त्यसमा मौलिक कला संस्कृती,तालतलैया ,पूर्वको नीलगिरि र पश्चिमको धौलागिरी हिमाल,फराकिलो कालिगण्डकी समथर फाँट ,फुल खेल्दै गरेका यहाँका स्याउँ र फापरका उर्वराभूमी बुट्यान र एक आपसमा जोडिएका परम्परागत प्राचिन घर आदी चलचित्र छाँयाङ्कनका मुख्य श्रोत हुन् ।यि दृष्य सिनेमा हेर्न सकिने भएकाले आमदर्शकलाई मुस्ताङ यूनिक लाग्ने गरेको छ । पर्यटकिय दृष्टिकोणले थासाङ गाउँपालिका ओझेलमा परेको क्षेत्र मानिन्छ ।पर्याप्त पर्यटकिय गन्तब्य र छाँयाङ्कन स्थल रहेपनि प्रचार प्रसारको कमि र भौतिक पूर्वाधार संरक्षण नहुँदा थासाङ पछि परेको स्थानीय यूवा तेजेन्द्र गौचनको भनाई छ । पछिल्लो समय कबड्डी कबड्डी नामक सिनेमाले राम्रो मुनाफा कमायो ।यसको कारण यहि स्थानको छाँयाङ्कनले हो ।चलचित्रले नाउँरिकोटको सौन्र्दयतालाई घनिभूत बनाएको छ ।स्थानीय कलासंस्कृति र थासाङक्षेत्रकै मौलिक पहिचानमा आधारित चलचित्र प्रर्दशनले नाउरिकोट गाउँको क्रेज ह्वात्ते बढाई दियो ।थासाङ २ कोवाङको नाउरिकोट संम्भावित फिल्मी हबको रुपमा बिकास गर्न उपयूक्त पूर्वाधार भएको प्रमाणित भएको छ ।बेनी जोमसोम अस्थायी राजमार्ग संग जोडिएको लार्जुङ गाउँ देखि करिव २ किलोमिटर पश्चिमतर्फको धौलागिरि हिमालको काखैमा अवस्थित नाउरिकोट डाडाँ आसपास करिव आधा दर्जन घरधुरी छन् भने १ रिसोर्ट छ ।अग्लो उचाईको खुल्ला रमणीय स्थान भएकाले चलचित्र छाँयाङ्कन गर्न शहज छ ।जहाँबाट नियाल्दा धौलागिरि र नीलगिरि हिमाल अनि कालिगण्डकी करिडोर मनमोहक देखिन्छ । सिने यूनिटको अर्को आर्कषण स्थल हो पर्यटकिय गाउँ मार्फा र ढुम्बाताल ।पुरानो शैलीमा बनेको मार्फा बस्तीमा दर्जनौ म्यूजिक भिडियो र चलचित्र छाँयाङ्कन भईसकेका छन् ।मार्फाको अर्को बिशेषता हो यहाँका स्याउँका बुटुयान ।मार्फा स्याउँको राजधानी भएकाले पनि स्याउबारीको छाँयाङ्कन गर्दा मार्फा छुट्दैन ।मार्फामा करिव १ दर्जन पर्यटकिय होटल छन् ।ढुम्बाताल जानका लागि मार्फा गाउँबाट करिव ४ किलोमिटर पूर्वतीर लाग्नुपर्छ ।अग्लो उचाईमा अवस्थित ढुम्बामा दर्जनौ चलचित्र छाँयाङ्कन भएका छन् ।एकान्तमय २ सय मिटर क्षेत्रफलमा फैलिएको निलो सफा तालको दृष्य सिनेमा आर्कषण देखिने गर्छ ।तर यहाँ घुम्ने र सुटिङ गर्ने फिल्मी यूनिटले भने बस्नका लागि जोमसोमनै झर्नुपर्ने बाध्यता छ ।ताल अवपर कुनै स्तरिय ठुला होटल संञ्चालनमा छैनन् ।जोमसोमको पुरानो बस्ती ठिनीमा भने आन्तरिक तथा बाह्य पर्यटकलाई होमस्टे संञ्चालन गरिएको छ ।यस गाउँ नजिकै पूरानो घरप किल्ला ,स्नो लियोपार्ट केभ र यारुझो भ्यू टावर निर्माण गरिएको छ ।यहाँ अवलोकन गर्ने पर्यटक र छाँयाङ्कन यूनिटलाई लक्षित गर्दे केहि घरघुरीले होमस्टे संञ्चालन गरेका छन् ।पछिल्लो समय एस कुमारद्धारा निर्मित चलचित्र छिरिङ यूनिटले यहाँकै होम स्टेमा बसेर छाँयाङ्कन सकेको थियो ।भूपिको गाउँ टुकुचेमा पनि नायिका श्वेता खड्काले निर्माण गरिको चलचित्र कान्छीको केहि महिना अघि छाँयाङ्कन गरिएका थियो ।मुस्ताङमा जेरी,ब्याज नम्बर १६,हिम्मत २,ड्रिम्स,प्रेमगीत,छिरिङ,कबड्डी कबड्डी,कान्छी जस्ता थुप्रै नेपाली चलचित्र छायाङ्कन भईसकेका छन् । नेपाल चलचित्र छाँयाङ्कनको क्रेज तल्लो मुस्ताङमा मात्र सिमित रहेपनि जोमसोम कोरला सडक बिस्तारपछि यसको प्रभाव उपल्लो मुस्ताङ सम्म पुग्ने उपल्लो मुस्ताङ यातायात व्यवसायीका देव गुरुङ बताउछन् ।उनले दामोदरकुण्ड जाने सडक संञ्जाल र कोरला सडक बिस्तार भएमा यहाँको पर्यटन उद्योग उचाईमा पुग्ने बताए ।उत्तरी कोरलानाका खुल्ला भएमा पर्यटकको बृद्धि संगै नेपाली चलचित्रकर्मीको रोजाई बन्ने उनको दावी गरे ।‘यहि मार्ग हुँदै मानसरोवर पुग्ने दुरी कम हुँने,तिब्बती बजार पनि खुल्ला हुँने हुँदा यसक्षेत्रको दिन फर्कने समय आएको छ ।उपल्लो मुस्ताङको भौगोलिक भौगोलिक बनाबट र ऐतिहाँसिक गुम्बाका कारण भावी दिनमा नेपाली सिनेकर्मीको छाँयाङ्कन बढ्ने छ ’उनले भने ।