जग्गा भाडामा लिएर ब्यवासायिक गाई भैसीपालन

  • १२ पुष २०७४, बुधबार
  • धिरन खत्री
  • 2794 पटक पढिएको

म्याग्दी, १२ पुस । म्याग्दीको बेनीनगरपालिका ४ सिगां बस्ने रमेशबहादुर खत्रीले जग्गा भाडा लिएर ब्यवसायिक रुपमा भैसी र गाईपालन गरेका छन् । लामो समय विदेश बसेर राम्रो कमाई हुन नसकेपछि गाउँमै फर्किएर भाडाँमा जग्गा लिएर २०६७ सालदेखि गाईभैसी ब्यवसायिक रुपमा पाल्दै आएका छन् ।


११ रोपनी खेत १८ रोपनी खरबारी भाडामा लिएर उनले ब्यवसायिक गाईपालन ८ बर्षदेखि गर्दै आएका छन् । सूरुमा १ लाख लगानी गरेर ब्यवसायिक रुपमा आशिका गाईभैसी फर्म संचालन गरेका खत्रीले अहिले उनको फार्ममा १० लाख भन्दा बढी लगानी भईसकेको छ । उनको फर्ममा अहिले ६ ओटा दुध दिनेसंगै ११ ओटा गार्ईभैसी रहेका छन् । उनले दैनिक ४० लिटर दुध उत्पादन गर्छन । खत्रीसंगै उन्की श्रीमती अनिता खत्रीले गाईभैसी फर्ममा सहयोग गर्दै आएकी छन् । सुरुगर्दा गाउँमा सबैले ब्यवासायिक रुपमा गाईभैसी पालन गरेका थिएनन् । जसले गर्दा उत्पादन भएको दुधलाई बजार अभाव भएको थिएन् । दुधले बजार लिन थालेपछि ब्यवसाय बढाउदै जादाँ एक्लै गाह्रो भएपछि सहकारी मार्फत गाउँका कृषकलाई एकजुट गरि “मिल्क भिलेज”तर्फ अगाडि लगाउने बताए । दैनिक रुपमा कृषकले दुध उत्पादन बढाउदै जादाँ उक्त दुधको ब्यवस्थापन तथा संकलन गर्न जनभावना दुध सहकारी संकलन गरियो । त्यो मार्फत दुध नजिकको सदरमकाुम बेनीमा दुध विक्रि गरेपनि बढी भएको दुधलाई ब्यवस्थापन गर्न गएपनि सरकारले दिने सहुलियत सेवासुविधा नपाउदाँ, आधुनिक उपकरणको अभावले मुनाफा कमाउन गाह्रो रहेको कृषक खत्रीले बताए । दैनिक रुपमा दुध उत्पादन गरेर घरायसी खर्च चलाएपनि पेशालाई गुणात्मक रुपमा बृद्धि गर्ने योजना रहेपनि सरकारले दिने सहुलियत सुविधाबाट नपाउदाँ ब्यवसाय यथावत रुपमा निरन्तरता दिन बाध्य भएको उनले गुनासो पोखे ।


गाउँमै ब्यवसायिक रुपमा गाईभैसी पालन सुरु गरेपनि लगानी अनुसारको सेवासुविधा सरकारबाट दिने समयमा बास्तविक कृषकलाई नदिदाँ ब्यवसायबाट अन्य पेशामा धेरैलाई पलायन गराएको हुदाँ यसमा सम्बन्धित क्षेत्रले ध्यान दिन आवश्यक रहेको उनले बताए । खत्रीले गाईभैसी पालनजस्तै सिंगामा अरुले पनि ब्यवसायिक गाईभैसी पालन गर्दै आएका छन् । गाउँका सबैले ब्यवसायिक रुपमा गाईभैसी पालन सुरु गरेदेखि ३८ जना कृषकले जनभावना दुध सहकारी संचालन गरि गाउँको दुध एकिृत गरि नजिकको सदरमुकाम बेनीमा लिएर दुध विक्रि गरिदै आएको उनले बताए । सिंगामा ३८ जना कृषकले दैनिक २ सय देखि ४ सय लिटर दुध उत्पादन गर्छन । सबै दुध जनभावना दुध सहकारीबाट सकंलन गरेर बजारमा ल्याउदाँ आधा फर्काएर लानुपर्ने बाध्यता सिजनमा भएपनि उक्त दुधलाई नयाँ परिकार बनाउने उपकरणको अभावले दुध परम्परागत तरिकाले घरमै उपभोग गर्न बाध्यता सिगाँका कृषकहरुम रहदै आएको छ ।

कृषकलाई सम्वन्धित क्षेत्रबाट सेवासुविधा उपलब्ध हुन सकेमा कृषहरुलाई अन्य पेशामा पलायन हुने बाध्यताबाट मुक्त हुने थिए । सहुलियत दरको अनुदान नहुदाँ पुरानै तरिकाले गर्दै आएको खत्रीले भने । विभिन्न पेशाा गर्दै आएका युवाहरुले सहुलियत दरको अनुदान नपाउदाँ विदेश पलायन हुने बाध्यता सिर्जना हुदै आएको छ । पेशालाई ब्यवस्थित गर्न कृषकहरुले जिल्ला पशु सेवा कार्यालयमा माग राखेपनि मागप्रति कार्यालयले बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l