आगलागी पीडित सुवेदी परिवारलाई डेढलाख सहयोग जुट्यो

  • ९ पुष २०७४, आईतवार
  • 1387 पटक पढिएको

 

बेनी ९ पुष । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई एकलाख पचासहजार रुपियाँ सहयोग जुटेको छ । आर्थिक अवस्था कमजोर भएको सुवेदी परिवारलाई राहत प्रदान गर्नका लागि स्थानीयवासीहरुको सकृयतामा उक्त रकम संकलन गरिएको हो ।

जलजला ७ धाइरिङ सल्यान घर भई हाल बेनीबजार कालिपुलमा व्यवसाय गर्ने युवा समाजसेवी खेमवहादुर केसीको अगुवाईमा संकलन भएको ५७ हजार र गाउँलेहरुले संकलन गरेको करिव एकलाख रुपियाँ आइतवार पीडित सुवेदी परिवारलाई हस्तान्तरण गरिएको हो । समाजसेवी केसी १० हजार, बेनीबजार संगमचोक निवासी विष्णु पौडेल १० हजार, न्यूरोडका युवा व्यवसायी भिमनाथ शर्मा ५ हजार,बेनपा ६ का वडा अध्यक्ष कृष्ण बानियाँले ५,००० हजार रुपियाँ सहयोग गर्नुभएको छ ।

यसै गरि बेनीकै रत्न थापा ३हजार, कृष्ण पौडेल २ हजार, रवि कार्की गलेश्वर ३ हजार ,सिर्जना मम रेष्टुरेण्टका सञ्चालक गोपाल पौडेल ३ हजार ,प्रेम पुन (ताकम) ५ हजार ,सुमन सेरचन (बेनी) एक हजार, न्यूरोडका युवा व्यवसायी अमित बानियाँ ५ हजार , धाइरिङ सल्यानका रत्नवहादुर केसी ५ हजार गरी ५७ हजार र गाउँलेहरुले संकलन गरेको करिव एकलाख गरि डेढलाख रुपिया संकलन भएको सहयोग संकलन अभियानका संयोजक हरीप्रसाद आचार्यले जानकारी दिए ।

पुस ७ गते राती ११ बजे आगलागीबाट सुवेदीको घर पूर्ण रुपमा जलेर ध्वस्त भएको छ । घरमा भएको अन्नपात,लत्ताकपडा र भाडाकुडा सवै जलेर नष्ट भएको संकलन अभियानका संयोजक आचार्यले बताए ।
आगलागीबाट करिव २५ लाख रुपियाँ वरावरको क्षति भएको वडा अध्यक्ष टुङग नाथ आचार्यले बताएका छन् । गाउँलेहरुले स्थानीयवासीको एक घरमा सुवेदी परिवारलाई अस्थायी रुपमा वसोवासको व्यवस्था मिलाएका छन् ।