सार्वजनिक यातायात सहज गराउन माग राख्दै क्रियटिभ युथ ग्रुपद्धारा गाउँपालिका र प्रशासनमा ज्ञापन पत्र

  • २ पुष २०७४, आईतवार
  • धिरन खत्री
  • 2682 पटक पढिएको

म्याग्दी, २ पुष । म्याग्दीको सदरमुकाम देखि रघुगंगा गाउँपालिका २ पिप्लेसम्म पुग्ने सार्वजनिक यातायात सहज गराउन माग राख्दै क्रियटिभ युथ ग्रुपद्धारा गाउँपालिका र प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।


विभिन्न कामले सदरमुकाम आउने रघुगंगा गाउँपालिका – ३ पिप्लेका स्थानीबासीहरुलाई कालिपुल बसपार्कबाटै यातायात सुविधाबाट बञ्चित गराउने समस्या हटाउन, महङ्गो भाडाले परेको समस्यालाई दुरीअनुसारको सहुलियत भाडादर कायम गर्न, पिप्लेलाई निश्चित सिट ब्यवस्थ गर्न, सवारी साधनमा भाडादर लेख्न, सवारी नियमअनुसार सवारी साधन चलाउन मागग राख्दै ज्ञापनपत्र बुझाएको क्रियटिभ युथ ग्रुपका सचिव सुर्दशन शर्माले जानकारी दिए ।


सदरमुकाम बेनी देखि पिप्ले, मौवाफाट दग्नाम भगवती र बेगखोला अत्याधिक मात्रामा सवारी साधन गुर्दै आएका छन् । यातायात साधन दिनहु गुडेपनि पिप्ले यात्रुलाई नचढाउने, भाडा मनपरि रुपमा उठाउने गरेको समस्याहरुलाई गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको सह–सचिव सञ्जय शर्माले बताए ।
ज्ञापनपत्र बुझ्दै – सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले सम्वन्धित क्षेत्रमा सम्पर्क गरि सडक सञ्जालबाट यातायात सुविधाबाट राखु पिप्लेबासीलाई पर्न गएको असरलार्ई समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै ज्ञापनपत्र बुझ्दै रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले सडक सञ्जालसंगै यातायात पहुचबाट राखु पिप्ले र भगवती लगायतका बासिन्दालाई सुविधासंगै परेको असरलाई सम्वन्धित निकायमा छलफल अघि बढाएको हुदाँँ एक हप्ताभित्र उक्त समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यो समस्याको माग सम्वन्धित निकायले समयमै नगरे आन्दोलनमा उत्रने, यातायात सुविधा बन्द गर्ने चेतावनी क्रियटिभ युथ ग्रुपले चेतावनी दिएको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l