रिहगाद सहकारीको लगानी ५ करोडले बृद्धि

  • १ पुष २०७४, शनिबार
  • 1503 पटक पढिएको

म्याग्दी, १ पुस । रिहगाद बहुद्दउेश्यीय सहकारी संस्था लिमिटेड बेनीको १० औँ बार्षिकसाधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गमान छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष एिवँ सल्लाहकार चत्रमान छन्त्यालले संस्था ऋण र बचत मात्र नभइ अन्य उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने बताए । समुदायको आर्थिक उत्थानको आधार नै सहकारी भएको चर्चा गर्दै उनलेसमाजको तल्लो बर्गसम्म सहकारी पुग्नुपर्नेमा जोड दिए ।

सहकारीका सहसचिब सुनिता मल्लले स्वागत गरेको कार्यक्रममा लेखा समिति संयोजक मुकुन्द छन्त्याल, महादेव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओम छन्त्याल, ऋण समिति संयोजक थम प्रसाद गर्बुजा, लेखा समिति सदस्य गोपाल छन्त्याल, सहकारीका शेयर सदस्य बीरबहादुर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दुईबर्ष देखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको सहकारीले कृषि र व्यापार व्यवसायमा लगानी बढाउँदै लगेको अध्यक्ष गमान छन्त्यालले बताए । सहकारीले उत्पादनशील क्षेत्रमा थप लगानी बढाउने योजना पनि पारित गरेको छ । तीन करोड ५६ लाख शेयरपुजी रहेको सहकारीले एक आर्थिक बर्षमा १६ करोड ५४ लाख निक्षेप संकलन गरि १६ करोड ६७ लाख कर्जा लगानी गरेको जनाएको छ । सहकारीका लगानीकर्ता सहभागि कार्यक्रमको सञ्चालन सचिब धनबहादुर छन्त्यालले गरेका थिए । सचिब छन्त्यालले सहकारीले एकबर्षमा ५ करोड कर्जा लगानी बृद्धि गरिएको बताए । ‘हामीले लगानीको नयाँ क्षेत्र खोजी पनि गदैर्छौँ’, उनले भने ।