चालकको इमानदारिता,भेटाएको सामान पर्यटकलाई फिर्ता
- २४ मंसिर २०७४, आईतवार
- सन्तोष गौतम
- 1783 पटक पढिएको
एक जीप चालकले सडकमा भेटाएको नगद र पाँच लाख रुपैयाँ मूल्य बराबरको सामान भेटाएर प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराएर इमानदारिताको नमुना प्रस्तुत गरेका छन् ।
बेनीबाट बागलुङ आउने क्रममा बेनपा–१, रत्नेचौर स्थित बाटोमा नगद र महत्वपूर्ण सामाग्री भएको झोला भेटाएका सवारी चालक रत्ने जिसीले रत्नेचौर प्रहरी पोष्टलाई दिएका थिए । फ्रान्सका पर्यटक डिम्मीको उक्त सामान उनलाई दिईएको प्रहरी पोष्टका प्रमुख हेम जिसीले जानकारी दिए ।
सडक नजिक खसेको झोलामा नगद ३५ हजार, पासर्पोट, टे«किङ भिसा, ल्याटपट, इलोक्ट्रोनिक सामाग्री सहित महत्वपूर्ण कागजात रहेको थियो । मोटरसाईकलमा बेनीदेखि बागलुङ जाने क्रममा पछाडी राखिएको झोला बाटोमा खसेको थियो । आफु बेनी पुग्दा झोला आफ्नो साथामा नरहेपछि उनले प्रहरी पोष्टमा खबर गरेका थिए । आफ्नो सामान भेटिएपछि डिम्मीले प्रहरी मार्फत जिसीलाई धन्यवादसहित नगद रुपैयाँ पुरस्कार उपलब्ध गराएका छन् ।