म्याग्दी लभर्स युथ क्लवद्धारा दुर्गा बचाउ अभियानमा आर्थिक सहयोग

  • २४ मंसिर २०७४, आईतवार
  • धिरन खत्री
  • 2404 पटक पढिएको

म्याग्दी, २४ मंसिर । म्याग्दी लर्भस युथ क्लवले मंगला गाउँपालिका १ कुहँु निवासी दुर्गाबहादुर लाम्गादको उपचारमा आथिक सहयोग गरेका छन् । नाकमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका लाम्गादलाई क्लवले ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको हो ।


सो सहयोग कल्वका अध्यक्ष सुवर्ण खत्री सहितका सदस्यहरुले लाम्गादका आफन्त अमृत विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका लाम्गादको उपचारमा धेरै रकम लाग्ने भएपछि विभिन्न क्षेत्रबाट दुर्गा बचाउ अभियान थालिएको थियो । समाजमा विभिन्न सेवाका कार्य गर्दै आएको क्लवले लाम्गादको उपचारमा थोरै भएपनि सहयोग पुग्ने हुदाँ उक्त सहयोग गरेको क्लवका अध्यक्ष खत्रीले बताउनुभयो ।


२०६६ सालमा स्थापना भएको क्लवले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। क्लवले यस अघि गलेश्वर वृद्धाआश्रम र गायत्री मन्दिरमा रहेको ६५ जना बृद्ध आमाहरुलाई ३३ हजार बराबरको न्यानो खास्टो वितरण गरेका थिए । विभिन्न समयमा बजारमा सरसफाईका कार्यक्रम पनि गर्दै आएको क्लवका अध्यक्ष खत्रीले जानकारी दिए ।


क्लवले २०७० कार्तिक २९ गते अ कम्पिलिट कन्सट फर अल आयोजना गरेको थियो । त्यसपछि क्लवले राष्ट्रियस्तरका कलाकार रामकृष्ण ढकाल लगायतका आधा दर्जन कलाकार लिएर आर्थिक संकलन अभियान थालेको थियो । क्लवले आगामीे दिनहरुमा समाजको विभिन्न कार्यमा क्रियाशिल हुने योजना सहित अघि बढेकोे क्लका सदस्य सन्दिप अधिकारीले जानकारी दिए ।

नाकमा मासु पलाई क्यान्सर हुदाँ दायाँ आखाको ज्योती गुमाएका लाम्गादको उपचार खर्च बढी लाग्ने हुदाँ सो रकम परिवारको आर्थिक अवस्थाले नभ्याउदाँ आफन्तहरुले उनको बचाउ अभियान थालेको थियो । लाम्गादले अस्पतालबाटै उपचारमा सहयोग गरिदिन सबैमा अपिल गरेको हुदाँ उपचारमा सहयोग गरिदिन आफन्त अमृत विश्कमाले आग्रह गरेका छन् । लाम्गादको उपचारको लागि ओमकुमारी शान्तिकोषले पनि दुर्गा बचाउ अभियान थालेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l