चितवनमा पनि म्याग़्देलीहरू एकजुट हुदै

  • २४ मंसिर २०७४, आईतवार
  • 1903 पटक पढिएको

 

चितवन , मंसिर २३ ( “चितवनमा बस्ने म्याग्देलीहरू एक हौ” भन्ने मूल नाराका साथ म्याग्दी ज़िल्लाबाट चितवन ज़िल्लामा स्थायी रूपमा बसोबास गर्दै आएका म्याग्देलीहरूको एक भेलाले तदर्थ समिति गठन गरेको छ ।

ज्ञानेश्वर सामुदायिक वनको प्रांगणमा सम्पन्न भेलाले दीप बहादुर सापकोटाको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । जसको उपसंयोजकमा माया भण्डारी , उपसंयोजकमा बुद्धिसिंह कार्की , सचिवमा महेन्द्र चोखाल , सहसचिवमा राजेश पौडेल , कोषाध्यक्षमा जीवन सुबेदी , सहकोषाध्यक्षमा राधादेवी रेग्मी , सदस्यहरूमा क्षेत्र बहादुर भण्डारी , तुल बहादुर भण्डारी , अर्जुन प्रसाद अधिकारी , शेर बहादुर चोखाल , नर बहादुर केसी , देवी पौडेल , केश बहादुर गर्बुजा , जूना रिजाल सल्लाहाकारमा ( हरि प्रसाद सूबेदी , पूर्ण बहादुर खड़का रहेका छन ।

ख़ासगरि चितवनमा बसोबास गर्ने म्याग्दीहरूलाई एक जुट बनाउने उद्देश्यका साथ यो तदर्थ समिति निर्माण गरियको र यसले छीट्टै साधारण सभा मार्फ़त सम्पूर्ण म्याग्देलीहरूलाई समेटदै कार्यसमिति लगायत विधि विधान पनि निर्माण गरिने सचिव महेन्द्र चोखालले जानकारी दिनुभयो ।