मुस्ताङको मतगणना स्थलमा सिसी टिभी र तारबार
- २० मंसिर २०७४, बुधबार
- सुन्दर कुमार थकाली
- 2302 पटक पढिएको
मुस्ताङ । पहिलो चरणको मंशिर १० गते भएको ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रको प्रतिनिधि, प्रदेशसभा र समानुपातिक तर्फको मतगणना भोली बिहिवार साँझ ५ बजे देखि सुरुआत हुदैछ ।१ प्रतिनिधि र २ प्रदेशसभा भएको हिमालपारी मुस्ताङको मतगणना कार्यलाई चुस्त ,भरपर्दो र पारदर्शी ढंङ्गले व्यवस्थित गराउँन गणना स्थलमा तारजाली लगाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि जिल्लाको ३७ मतदानकेन्द्रमा भएको शान्तिपूर्ण निर्वाचनमा संङ्कलन गरिएका १ सय ११ थान मतपेटिका बाकस जिसस कार्यालयमा भण्डारण गरिएको हो ।
मतपेटिका राखिएको जिसस कार्यालय हाताभित्र सिसी क्यामेरा जडान गरिएकोमा मतगणनाकार्य भैईरहदा पनि सिसी क्यामेराको सहयोगमा टिभी स्क्रिनमा हेर्न मिल्ने व्यवस्था गरिएको छ ।तारजालीको घेरा बाहिर रहेका राजनितिक दलका प्रतिनिधि र पत्रकारलाई गणना गरिने मतपत्रलाई पालैपालो देखाईने र दलका प्रतिनिधिले मतपत्र छुन नपाईने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाटीले जानकारी दिए ।उनले मतगणना स्थलको सुरक्षा सयन्त्र बलियो बनाईने बताए ।उनका अनसार पहिलो घेरामा नेपाल प्रहरी ,दोश्रो घेरामा शसस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेनालाई तैनाथ गरेर मतगणना संञ्चालन गरिने बताए ।
भोलि बिहिवार हुँने मतगणनाकार्यमा स—साना बिवादले मतगणना प्रभावित नहोस भन्ने उद्देश्यले मुख्य निर्वाचन कार्यालयले पूर्व सर्तकता अपनाएको छ ।जसका लागि मतगणनाको पूर्वसन्ध्याँमा बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत जोमसोममा सर्वदलिय बैठक बसेको छ ।प्रमूख जिल्ला अधिकारी रामचन्द्र तिवारीको रोहबरमा भएको छलफलमा निर्वाचनमा भाग लिएका राजनितिक दल,३ वटै सुरक्षा निकायमा प्रतिनिधि र पत्रकार उपस्थित थिए । सो छलफलमा निर्वाचन आयोगले तोकेको कार्यबिधि अनुसार मतगणनाकार्य संञ्चालन गर्नेमा राजनितिक दलका प्रतिनिधि सहमत भएका छन् ।गणना गर्दा मतपत्रमा स्वस्तिक छाप कहाँ र कति प्रतिशत घेराभित्र भएमा मतपत्रलाई मान्यता दिने र कस्ता मतपत्रलाई बदर मान्ने भन्नेबारे छलफल भयो । त्यस्तै मतगणनाकार्य २ स्थानमा बिभाजन गरेर एकैसाथ सुरु गरिने भएको छ ।
जसअन्तर्गत प्रदेश ‘क’ र ‘ख’ का अलग अलग ठाउँमा गणना गरिने र प्रतिनिधिसभाको पनि प्रदेश अनुसारनै गणना गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाटीको भनाई छ । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुस्ताङमा ४ राजनितिक पार्टीका जम्मा ८ जना मात्र उम्मेदवारले प्रतिस्पर्धा गरेका हुँन् ।प्रतिनिधिसभामा नेपाली काग्रेसकातर्फबाट पूर्व बाणिज्यमन्त्री रोमी गौचन थकाली र बामगठबन्धनका तर्फबाट प्रेम प्रसाद तुलातनबीच प्रतिस्पर्धा भएको छ ।मुस्ताङको प्रतिनिधि र प्रदेशसभाको ३ वटै स्थानमा लोकतान्त्रिक गठबन्धन र बामगठबन्धन बीचनै मुख्य प्रतिस्पर्धा भएको छ ।