मुटु शिवीरमा आठ सय जना लाभान्वित
- १६ मंसिर २०७४, शनिबार
- सन्तोष गौतम
- 1397 पटक पढिएको
म्याग्दी १६ मंसिर । जलजला गाउँपालीका ३ मल्लाजमा शुक्रबार सम्पन्न निशूल्क मुटु शिवीरमा आठ सय जनाले सेवा लिएका छन् ।
काठमाडौको मनमोहन कार्डीयो थेरासीक सेन्टर, गंगालाल हृदयरोग केन्द्र, जयन्ती मेमोरियल ट्रस्ट र अमेरीकाको युनीभर्सीटी अफ कोलराडोको सहयोगमा मल्लाज स्वास्थ्य चौकीमा शिवीर सञ्चालन गरिएको हो ।
जलजला गाउँपालीकाको मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजाका साथै म्याग्दीको बेनीका आठ सय जना सर्वसाधारणहरुले सेवा लिएका शिवीरका संयोजक बिमला न्यौपानेले जानकारी दिनुभयो ।
स्वास्थ्य परिक्षण, ईसीजि, ईकोका साथै निशूल्क औषधी वितरण र परामर्श सेवा दिइएको थियो । शिवीरमा बरिष्ठ चिकित्सक भगवान कोईराला, गंगालाल हृदयरोग केन्द्रका कार्यकारी प्रमुख डाक्टर ज्योतेन्द्र शर्मा र अमेरीकी चिकित्सकहरुको टोलीले सेवा दिएका थिए ।
मुटु रोगको उपचार गराईरहेका पुराना बिरामीको उपचारमा निरन्तरता र नयाँ बिरामी पहिचानका साथै मुटु रोग न्युनीकरणको लागि जनचेतना फैलाउने उद्देश्यले शिवीर आयोजना गरिएको संयोजक न्यौपानेले बताउनुभयो ।गाउँमै बिशेषज्ञ चिकित्सकहरुको उपस्थितीमा सेवा पाउँदा सर्वसाधारणलाई राहत मिलेको छ । पछिल्लो समय नेपालमा मुटु, मृगौला, उच्च रक्तचाप, सुगर लगायतका नसर्ने रोगका बिरामीहरुको संख्या बढ्दै गएको छ ।
अस्वस्थ्य खानपान र बिलाशी जिवनशैलीका कारण नसर्ने रोगको समस्या बढेको चिकित्सकहरुले बताएका छन् । शिवीरमा उपचारका लागि आएका बिरामीहरुलाई मुटु रोगबाट बच्ने उपायको विषयमा परामर्श दिइएको थियो ।