जेष्ठ नागरिकलाई सम्मान
- २२ कार्तिक २०७४, बुधबार
- धिरन खत्री
- 1955 पटक पढिएको
जलजला(पर्वत),२२ कात्तिक । पर्वतको जलजला गाउँपालिका वडा २,३ र ४ का ८४ वर्ष पुगेका ५५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । साविक मल्लाज माझँफाट गाविसको आर्थिक बर्ष ७३÷७४ को विनियोजित बजेटबाट वडा कार्यालयको आयोजनामा समाजका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
प्रमुख आथिथ्यता गर्नुभएको जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले ८४ वर्ष पार गरेका ५५ जना जेष्ठ नागरिकलाई नगद सहित दोषल्ला ओढाएर सम्मान गर्नुभएको हो । वडा ३ का अध्यक्ष रवि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मल्लले समाजको हरेक क्षेत्रको विकासमा जेष्ठ नागरिकले पु¥याएको योगदानलाई सधै उच्च सम्मान गर्दै राम्रा कामलाई नयाँ पुस्ताले निरन्तरता दिनुपर्ने बताउनुभयो ।
जेष्ठ नागरिक मञ्च जिल्ला सदस्य गुमानसिङ कार्कीको स्वागत मन्तव्य, वडा सचिव आग्रह आचार्यको संचालनमा भएको सम्मान कार्यक्रममा जनप्रतिनिधि तथा समाजसेवी ब्यक्तित्वहरुको उपस्थित रहेका थियो । फोटोः नविन जिसि

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l