बाम गठबन्धनका उमेद्वार केसीको टोलीद्धारा घरदैलो
- २१ कार्तिक २०७४, मंगलवार
- 3141 पटक पढिएको
म्याग्दी, कात्तिक २१ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभाको चुनावमा म्याग्दीको प्रदेशसभा क्षेत्र (क)बाट बाम गठबन्धनको साझा उमेद्वार माओवादी केन्द्रका बिनोद केसीको टोलीले मंगलबार बेनी नगरपालीकाको विभिन्न ठाउँमा घरदैलो र कार्यकर्ता भेटघाट गरेको छ ।
बेनी नगरपालीका ३ दूधेखोला, २ बगरफाँट, तल्लो खबरा र १ नम्बर वडाको आनन्दबगर, सिम, ढोडेनी, सारेमारे, लामगरा क्षेत्रका मतदाताहरुलाई भेटघाट र घरदैलो गरेर बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरीएको हो ।टोलीमा एमालेका नगर कमिटि अध्यक्ष प्रमोद श्रेष्ठ, माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष शेरबहादुर केसी, सुवास बिक, वाईसीएलका उपाध्यक्ष नगेन्द्र केसी, किसान जिसी, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुदिन पौडेलको सहभागीता रहेको थियो ।
घरदैलोका क्रममा केसीले समग्र म्याग्देली युवाहरुको निती निर्माण तहमा प्रतिनिधित्व गर्न आफू चुनावी मैदानमा उत्रिएको बताउँदै मतदान गरेर बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । उहाँले गठबन्धनको घोषणापत्रमा उल्लेखित विषय र म्याग्दीका प्राकृतिक स्रोत साधनलाई परिचालन गरि रोजगारी सिर्जना गराई कामको खोजीमा बिदेशिनुपर्ने अवस्था अन्त्य गर्ने वातावरण बनाउन प्राथमिकता दिने बताउनुभयो ।