पुलाचौरमा एमाले र माओवादीको संयुक्त बैठक

  • १८ कार्तिक २०७४, शनिबार
  • 2141 पटक पढिएको

म्याग्दी, १७ कात्तिक । बेनी नगरपालीका ५ पुलाचौरमा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर शनिबार एमाले र माओवादी केन्द्रको अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको छ ।

बैठकले भोजबहादुर कार्की संयोजक र सागर पौडेल सहसंयोजक रहेको १२५ सदस्यीय संयुक्त चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । बैठकले युवा, महिला, विद्यार्थी परिचालन र टोल स्तरमा प्रचारप्रसारका लागि जिम्मेवारी बाँडफाँड गरेको छ ।

११ सदस्यीय संयुक्त चुनाव परिचालन समिति समेत गठन भएको अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेलले बताउनुभयो । चुनावी तालमेल र पार्टी एकतालाई सफल बनाउदै एकतावद्ध भई सहकार्य गरेर चुनाव प्रचारमा जुट्ने निर्णय भएको छ ।