लोकतान्त्रीक गठबन्धनले अन्नपूर्ण गाउँपालिकामा युवा परिचालन गर्ने
- १८ कार्तिक २०७४, शनिबार
- 1995 पटक पढिएको
म्याग्दी,१८ कात्तिक । नेपाली कांग्रेस र राप्रपाको गठबन्धनले मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तिन सय युवा परिचालन गर्ने भएको छ । नेपाली कांग्रेस र राप्रपाका आज अन्नपूर्ण गाउँपालिका पोखरे बगरमा भएको संयूक्त युवा भेलाले आगमी चुनाबको लागि गाउँपालिका हरेक वडाहरुमा मतदान गर्न सिकाई नेपाली कांग्रेस र राप्रपाको गठबन्धन लोकतान्त्रीक गठबन्धनका उमेद्वारहरुको पक्षमा जित हासिल गर्नेलाई तिन सय युवाहरु परिचालन गर्ने भएको छ ।
भेलाले नेपाल तरुण दल म्याग्दीका सचिव बिमल पुनको संयोजकमा तिन यस चौबिस सदस्य युवा परिचालन समिति समेत गठन गरेको तरुण दल म्याग्दीका कोषाध्याक्ष हिरा पुनले जानकारी दिनु भएको छ । तरुण भेलालाई सम्वोधन गर्दै प्रदेश सभा क्षेत्र नम्वर १ का उमेद्वार भिमप्रसाद गौचनले आफु ७७ वर्षको उमेरमा पनि जनताको सेवाको लागि २५ वर्षे युवाको जोश लिएर हिडेको बताउनुभयो । कार्यक्रममा प्रदेशसभा समानुपातिक उमेद्वार तथा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले नेपालको अवको बिकास र संविधानलार्ई कार्यन्वयन गरि देशलाई समृद्ध बनाउनको लागि युवाहरुनै अग्रसर हुनु पर्ने बताउदै,युवाहरुलाई पार्टीको झण्डा बोकाउने मात्र होईन युवाहरुलाई नेपालमै रोजगार लोकतन्त्रले मात्र गर्ने भएकोले लोकतान्त्रीक गठबन्धनलाई जितााउनु पर्ने बताउनु भएको छ । नेपाल तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्यालको अध्यक्षतामा कोषाध्यक्ष हिरा पुनको स्वागत अन्नपूर्ण गाउँपालिका तरुण दलका सचिव हिरा खड्काको संचालनमा भएको कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्यद्धय कर्णबहादुर भण्डारी,मनकुमारी बिक आमन्त्रीत सदस्य आत्म तुलाचन, ,राप्रपाका अध्यक्ष बिरबहादुर थापा,नेपाल महिला संघ म्याग्दीकी उपाध्यक्ष निर्मला श्रेष्ठ ,सचिव सिर्जना श्रेष्ठ, लगायतले नेपालको ईतिहासमा हरेर परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेस र राप्रपाको गठबन्धनले नेपालीहरु उत्साहित भएको र लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आतुर रहेको बताएका छन ।